४ कार्तिक २०८३, बुधबार

यस कारण संविधानको मस्यौदा निकै भद्दा भयो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ साउन । कूटनीतिज्ञहरूले संविधानको प्रारम्भिक मस्यौदा निकै भद्दा र गोलमटोल रहेको प्रतिक्रिया दिएका छन् ।

नेपालका तर्फकाट विभिन्न मुलुकमा रहेर कूटनीतिक अनुभव सँगालेका पूर्वराजदूतहरूले मस्यौदाको प्रस्तावनादेखि अन्त्यसम्मै सुधार गर्नुपर्ने बताएको समाचार कान्तिपुर दैनिकले छापेको छ ।

संविधानमा जनताको भावना अधिकतम समेटिनुपर्ने र अलिकति पनि विवाद नहुने गरी जारी हुनुपर्ने उनीहरूको धारणा छ ।

‘यो मस्यौदा भद्दा छ । यसमा व्यापक सुधार जरुरी छ,’ अमेरिका र भारतका लागि लामो समय राजदूत रहेका पूर्वपरराष्ट्रमन्त्री डा भेषबहादुर थापाले भने, ‘लामो समयको पर्खाइपछि आउन लागेकाले सराहना गर्न सकिन्छ, तर सुधार आवश्यक छ । अन्यथा यो सर्वमान्य हुने कुनै लक्षण छैन ।’

विश्वमा नाम चलेका संविधान हेरेर पनि सिक्नुपर्नेमा त्यसो नगरिएको उनले बताए ।
‘लामो प्रयासपछि आउन लागेको भन्नुबाहेक यसमा अरू केही छैन,’ उनले भने, ‘दिगो समाधान होइन, झगडाको बिउ रोपिएको जस्तो छ । संविधान जनताको साझा हुनुपर्नेमा दलगत स्वार्थमा अडेको जस्तो छ ।’

चीनका लागि पूर्वराजदूत राजेश्वर आचार्यले पनि मस्यौदामा व्यापक परिमार्जन गर्नुपर्ने बताए ।