४ कार्तिक २०८३, बुधबार

यी एमाओवादी नेताको किन मन भाँच्चियो ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

lokendra-bista-magar_newकाठमाडौं ६ साउन । ‘पार्टीका कामकुरा चित्त बुझेन अनि सक्रिय पद छाडेँ,’ मंगलबार टेलिफोन संवादमा एमाओवादीका निष्ठावान् नेता मानिने लोकेन्द्र विष्ट मगरले भने, ‘पार्टीका गतिविधि गतिला भएनन् ।’

एकीकृत नेकपा माओवादी स्थायी समिति सदस्यसहित पार्टीका विभिन्न कमिटीमा रहेका विष्टमगर अव सक्रिय राजनीतिबाट टाढा रहने बताएको समाचार सौर्य दैनिकले छापेको छ ।

उनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाए । ‘अब साधारण सदस्य भएर बस्छु ।’, उनले भने, ‘कृषक भएर बस्छु ।’

पूर्वपर्यटनमन्त्री विष्ट मगर पार्टीको कुनै पनि बैठक तथा छलफलमा सहभागी थिएनन् । पदबाट राजीनामा दिइसकेकाले बैठकमा सहभागी नभएको उनले प्रस्ट्याए ।

‘मैले अध्यक्षलाई राजीनामा बुझाएको छु, पार्टी साधारण सदस्यबाट होइन, पद र जिम्मेबारीबाट राजीनामा दिएको हुँ’, उनले थपे, ‘अब पार्टीको साधारण सदस्य भएर बस्छु ।’

पार्टी सुदृढीकरणमा विशेष जोड दिएका उनले पार्टीभित्र अध्यक्ष प्रचण्डले आफ्नो गल्ती स्वीकार गरे पनि ‘छोटे प्रचण्डहरू’को प्रवृत्तिका कारण पार्टी कमजोर भएको उनको कथन छ ।

पार्टीकै अन्य नेताहरूको कडा टिप्पणी गर्ने उनले आफ्नो इमानदारिता कायम राख्नकै लागि पदबाट राजीनामा दिएको पनि बताए । उनी एमाओवादीभित्र भ्रष्टाचारशून्य छवि भएका नेता हुन् ।

उनी प्रचण्डनिकट पनि मानिन्थे । पछिल्लो समयमा एमाओवादी नेता जनार्दन शर्माको कार्यशैलीप्रति विष्टमगरको आपत्ति रहँदै आएको थियो ।

तर, उनको कुरालाई पार्टी स्थायी समिति र पदाधिकारीले नसुनेका कारण उनी पदबाट विमुख हुन चाहेको अनुमान गरिन्छ ।

एमाओवादी जनयुद्धको उद्गम थलो मानिने रुकुम घर भएका विष्ट मगर एमाओवादीभित्र खरो स्वभाव र इमानदार नेताका रूपमा चिनिँदै आएका थिए ।

अघिल्लो संविधानसभामा राज्य पुर्संरचना तथा राज्य शक्तिको बाँडफाँड समितिका सभापतिसमेत भइसकेका थिए– विष्ट मगर ।

नेत्र विक्रम चन्द नेतृत्वको नेकपा माओवादीमा प्रवेश गर्नका लागि विष्ट मगरले एमाओवादी छाडेको हल्लालाई उनले ठाडै अस्वीकार गरे । उनले थपे, ‘म कुनै पार्टी जान्नँ, साधारण कम्युनिस्ट भएर बाँच्छु ।’