३० आश्विन २०८३, शुक्रबार

हङकङ विश्वकपमा छनोट, अन्तिम बलमा अफगानिस्तान पराजित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

hongkongकाठमाडौं, ५ साउन । टी–ट्वान्टी छनोट खेलको अन्तिम बलमा आफ्गानिस्तानलाई ५ विकेटले पराजित गर्दै हङकङले विश्वकप यात्रा तय गरेको छ ।

आगामी वर्ष भारतमा हुने ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताका लागि छनोट भएको हङकङ प्रतिस्पर्धात्मक खेलमा अन्तिमको बलको सदुपयोग गर्दै आफगानिस्तानलाई पराजित गरेको हो ।

आयरल्याण्डको डब्लिनमा पहिले ब्याटीङ गरेको अफगानिस्तानले दिएको १६२ रनको चुनौती हङकङले अन्तिम बलमा ५ विकेट गुमाएर भेट्टायो ।

लक्ष्य भेट्टाउन अन्तिम ओभरमा १६ रन चाहिएको हङकङका लागि बाबर हायातले अन्तिम ओभरको दोस्रो बलमा चौका र तेस्रो बलमा छक्का प्रहार गरे । ओभरको चौथो बलमा उनले तीन रन लिएपछि हङकङ सहज अवस्थाम आइपुगेको थियो । तर, तानविर अफजल कुनै रन नजोडी रन आउट हुँदा हङकङलाई अन्तिम बलमा २ रन आवश्यक थियो । अफगानिस्तानका पूर्वकप्तान मोहम्मद नाबीको बलमा २ रन लिँदै बाबरले हङकङको विश्वकपमा छनोट गराए ।

ठूलो चुनौती पछ्याउने क्रममा हङकङका जेमी एटकिन्सनले सर्वाधिक ४७ रन जोडे ।
यसअघि अफगानिस्तानले न्वारोज मंगलको ५३ रनसँगै निर्धारित २० ओभरमा सात विकेट गुमाएर १६१ रन जोडेको थियो । यो खेलमा हारेसँगै अफगानिस्तानले अब विश्वकपमा छनोट हुन अर्को प्ले अफ खेल्ने छ।