काठमाडौं, ५ साउन । श्रम राज्यमन्त्रीसँग मिलेर करोडौं कमिसन चक्करमा लाग्दा मलेसियास्थित नेपाली राजदुतको पद धरापमा परेको छ ।
अवैध रुपमा मलेसिया बस्दै आएका कामदारहरुलाई राजदुत निरञ्जनमान सिंह बस्न्यातले आफ्नै कम्पनीमार्फत नेपाल फर्काउँदा उनले असुली गरेको ट्राभल डकुमेन्ट समेत बिक्री गरेको खुलेको छ ।
मलेसियामा पीडित कामदारहरुले नै गरेको उजुरीका आधामार अख्तियारले २ साता अघि मलेसिया नै पुगेर अनियमितताको छानविन अघि बढाएको थियो । प्रारम्भिक अनुसन्धानमा राजदुत बस्न्यातले अनियमितता गरेको प्रमाणहरु भेटिएको स्रोत बताउँछ । आजको दृष्टि साप्ताहिकमा खबर छ ।















प्रतिक्रिया