४ कार्तिक २०८३, बुधबार

सशस्त्र र नेपाल प्रहरीबीच विवाद हुँदा सेनालाई किन भयो चिन्ता ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

policeकाठमाडौं, ५ साउन । नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच पछिल्लोपटक देखिएको तिक्ततापूर्ण सम्बन्धले मुलुकको शान्ति व्यवस्थामा खतरा उत्पन्न हुनसक्ने चिन्ता नेपाली सेनाले व्यक्त गरेको छ ।

नेपाली सेनाले संविधानको प्रारम्भिक मस्यौदामा सेनाको भूमिका अवमूल्यन गरेको भन्दै उत्पन्न परिस्थितिबारे छलफल गर्न सोमबार बोलाएको पृतनापति र पीएसओजको बैठकमा निर्धारित विषयसहित र्दुइ प्रहरीबीचको सम्बन्धले उत्पन्न गर्नसक्ने सुरक्षा चुनौतीबारे छलफल भएको हो ।

पक्राउ पुर्जीको विषयलाई लिएर सुरु भएको दुई प्रहरी संगठनको विवाद कार्य क्षेत्रमा समेत देखिन थालेको भन्दै त्यस्तो परिस्थित जटिल बन्दै गए नेपाली सेनाले के गर्ने भन्ने प्रश्न पृतनापतिहरुले गरेको स्रोतले जनाएको छ । दुुई संगठनबीचको विवाद नेतृत्वदेखि तल्लो तहसम्म पुगिसकेकाले भविष्यमा यसकै कारण भयावह स्थिति निम्तिन सक्ने निष्कर्ष पृतनापतिहरुको बैठकले निकालेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।