३० आश्विन २०८३, शुक्रबार

हेलिकप्टर सट हानेर उत्कृष्ट ‘डेब्यू’ गरेका सिद्धान्तलाई अर्को मौका

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

siddant-lohani-1काठमाडौं, ५ साउन । टी-ट्वान्टी विश्वकप छनोट प्रतियोगिताको अन्तिम खेलमा नेपाली टीमबाट उत्कृष्ट डेब्यू गरेका सिद्धान्त लोहनीले अर्काे मौका पाएका छन् ।

अन्तिम खेलमा उत्कृष्ठ डेब्यू गर्दै हलिकप्टर सटको मद्दतमा २ चौका २ छक्कासहित १६ रनमा २७ रन बनाएका सिद्धान्तले स्कटल्यान्डसँग हुने विश्व क्रिकेट लिग च्याम्पियनसिपमा खेल्ने मौका पाएका हुन् ।

स्कटल्यान्डमा हुने विश्व क्रिकेट लिग च्याम्पियनसिप खेलमा नेपालले जुलाई २९ र ३१ मा स्कटल्यान्डसँग २ एकदिवसीय खेल खेल्दै छ । यही प्रतियोगितामा सिद्धान्त छनोट भएका हुन् ।

विश्व ट्वान्टी-२० छनोटमा खेल्न गएको टिममा १५ खेलाडी भएकाले स्कटल्यान्ड जानेमा सिद्धान्त लोहनीको नाम पहिला थिएन ।

उनको डब्लिनबाट जुलाई २६ मा काठमाडौं फर्किने टिकट समेत बनाइएको थियो । तर जर्सीसँगको अन्तिम खेलमा २७ रन बनाउँदै आफ्नो ‘डेब्यु’ मा राम्रो प्रभाव पारेपछि उनलाई स्कटल्यान्ड लान लागिएको छ ।

Sudanta-lohani

उनलाई प्रशिक्षक पुबुदु दसानायकेले स्कटल्यान्डका लागि छनोट गरेर अर्काे चान्स दिएका हुन् । छनोट भएका सिद्धान्तले स्कटल्यान्डविरुद्ध घरेलु मैदानमा अर्काे हेलिकप्टर सट हान्ने अपेक्षा नेपाली टिमले गरेको छ ।