३० आश्विन २०८३, शुक्रबार

सय विगाहामा लगाइएको केरा ढलेर नष्ट, केरा कृषक समस्यामा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dhundi banana

– डम्मरराज भट्ट
महेन्द्रनगर ४ साउन । असार अन्तिम साता आएको हावाहुरीका साथै बर्षाका कारण कञ्चनपुरमा अन्ठानब्ने विगाहको केराखेती ढलेर नष्ट भएको छ ।

कञ्चनपुरको दक्षिणी क्षेत्र पूर्नबास नगरपालिकाका क्षेत्रमा अन्ठानम्बे विगाहमा लगाईएको केराखेती ढलेर नष्ट भएको हो । सो क्षेत्रका २७ जना व्यवसायिक केराखेती कृषकहरुको केरा ढलेर नष्ट हुँदा स्थानिय कृषकहरु समस्यामा परेका छन् । व्यवसायिक रुपमा केरा खेती गर्दै आएका कृषकहरु लगाएको खेतीपाती नष्ट हुँदा चिन्तित भएका छन् । अन्य खेती छोडेर व्यवसायी रुपमा केरा खेती गर्दै आएका कृषकहरु यतीबेला लगानी डुबेको भन्दै सरकारसंग गुहार माग्दै छन् ।

अधिकाँस कृषकहरुले केरा जमिनमै कुहिएको छ । काचो केरा समेत गुहिएपछि उनीहरु झन मर्कामा परेका हुन् । पूर्नबास नगरपालिका ७ की रेवती ढकालको डेढ विगाहमा लगाएको खेरा ढलेको छ । ढकालले अन्यखेती लगाउन छाडेर केराखेती गरेको भन्दै यसवर्ष हावाहुरीले ढलाएपछि आफ्नो व्यवसाय चौपट गरेको बताउनुभयो ।

३ लाख बराबरको केरा नष्ट भएको ढलालले बताउनुभयो । यस्तै सोही क्षेत्रकै अर्का कृषक केशव रेग्मीको पनि एक विगाह पाँच कट्टा जमिनमा लगाएको केराखेती नष्ट भएको छ । रेग्मीले सरकारले केराखेती कृषकहरुका लागि केही राहत नल्याएका कारण आफ्नो लगानी खेर गएको बताउनुभयो ।

त्रिभुबन केरा खेती कृषक समुहका अध्यक्ष राम प्रशाद सुवेदीले सरकारले विपद्का बेला नष्ट भएको केराखेतीको उचित राहात दिनुपर्ने माग गर्नुभएको छ । अन्यखेतीपाती गर्न छाडेर कृषकहरुले केराखेती गरेको र केराखेती पनि हावाहुरी जस्ता विपद्को नष्ट गर्दा सरकारले यस्ता पीडित कृषकहरुलाई न्यायोचित राहात दिनुपर्नेमा जोड दिएका छन् । अध्यक्ष सुवेदीका अनुसार झण्डै एक करोड बराबरको केरा नष्ट भएका छन् ।

जिल्ला कृषि विकास कार्यालयका बरिष्ठ कृषि विकास अधिकृत टिकाराम थापाले बिमा गरेका कृषकहरुलाई बिमा कम्पनीले राहात दिने र नगरेका कृषकहरुको १५ कट्टा बराबरको केराखेती नष्ट भएको बारे मन्त्रालयले राहात दिने व्यवस्था गरेको बताउनुभयो । ‘जिल्लाले केराखेती नष्ट गरेको बारे मन्त्रालयमा रिर्पोट बुझाउँछ, मन्त्रालयले यस्तो निती ल्याएको छ ।’, उनले भने । सरकारी नितिका कारण आज दक्षिणी क्षेत्रका कृषकहरुको लगानी नष्ट भएको छ ।