८ कार्तिक २०८३, आइतबार

अनेरास्ववियुका पदाधिकारी नै डिभी र पिआरधारी छन्ः नरेश रोकाया

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Naresh-rokiyaपोखरा, ४ साउन । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका केन्द्रीय सदस्य तथा गण्डकी सहइञ्चार्ज नरेश रोकायाले अनेरास्ववियुलाई डिभी र पिआरमुक्त बनाउनुपर्ने बताएका छन् ।

सोमबार अनेरास्ववियु पोखरा ईन्जिनियरीङ कलेज कमिटीले आयोजना गरेको कार्यक्रममा रोकायाले अनेरास्ववियुमा बढ्दै गइरहेको फितलो राष्ट्रिय चेतनालाई निस्तेज पार्न संगठनलाई डिभी र पिआर मुक्त बनाउनुपर्ने बताए । रोकायाले भने, ‘अनेरास्ववियुका केही पधाधिकारीहरु नै डिभी र पिआर होल्डर हुनाले अनेरास्ववियुको राष्ट्रियताप्रतिको चट्टानी धारमा खिया लाग्न थालेको छ ।’

अनेरास्ववियुमा जुझारु छवि बनाएका रोकायामाथि सहकर्मी नेतालाई हातपात गरेको आरोपमा केन्द्रीय अनुशासन आयोगले कारबाहीको सिफारिस गरेपछि अनेरास्ववियुभित्र त्यसको पक्ष र विपक्षमा परस्पर विरोधी धारणाहरु बाहिर आएका छन् । तर, केन्द्रीय उपाध्यक्ष ऐन महरले रोकायालाई कारबाही भएको कुरा भ्रामक भएको फेसबुक स्टाटसमार्फत स्पष्ट पारेका छन् । उनको क्रियाशिलता र इतिहासलाई मूल्यांकन गर्दै उनीमाथि कारबाही प्रक्रिया अगाडी बढाउन नहुने पक्षमा महासचिव नविना लामा, सचिव महेश बर्तौला, कोषाध्यक्ष रश्मी आचार्य, स्थायी कमिटी सदस्य शैलेश लामा देखिएका छन् । अनुशासन आयोगका प्रमुख जीवन राईले भने एक छानबिन कमिटी नै बनाएर कारबाही प्रक्रिया अगाडी बढाएका छन् ।