काठमाडौँ, ४ साउन । काठमाडौंमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
बुढानिलकण्ठ नगरपालिका–१४ कपनमा रहेको दुर्गा मन्दिर नजिकै छोरीको डेरा कोठामा आएर सुतेका तनहुँ घर भएका ६३ बर्षीय भिम बहादुर श्रेष्ठ आइतबार मृत अवस्थामा फेला परेका हुन् ।
उनको मृत्युको कारण खुल्न सकेको छैन् । प्रहरीले घटनाको अनुसन्धान थालेको छ ।
यसैगरी दोलखा मार्वु–५ घर भएका १६ बर्षीय पानीमा शेर्पा मृत अवस्थामा फेला परेका छन् ।
भिमसेन नगरपालिका-१ स्थित बहिरा स्कुलमा अध्यनरत उनी शुक्रबारदेखि हराई सम्पर्क विहिन भएकोले खोजतलास गर्ने क्रममा आइतबार सोही ठाउँको बनदेवी जंगलको भिरमुनी मृत फेला परेका थिए । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया