गोरखा, ४ साउन । नेपाल पत्रकार महासंघ शाखा गोरखाले नयाँ संविधानमा प्रेस स्वतन्त्रतालाई कायम राख्न माग गरेको छ ।
संविधानको मस्यौदामाथि नागरिकको राय सुझाव संकलनका लागि गोरखा आएका संबैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा.बावुराम भट्टराईसमक्ष नेपालको संविधान,२०७२ को प्रारम्भिक मस्यौदामाथिको अभिव्यक्ति स्वतन्त्रता र आमसञ्चारको हक सम्वन्धी सुझाव तथा टिप्पणी बुझाउँदै पूर्ण प्रेस स्वतन्त्रतासहितको संविधान माग गरिएको हो ।
नेपाल पत्रका महासंघ गोरखाका अध्यक्ष भीमलाल श्रेष्ठ नेतृत्वको पत्रकारहरुको टोलीले नेता भट्टराईलाई भेटेर संविधानको मस्यौदाको प्रस्तावना, स्वतन्त्रताको हक, आमसञ्चारको हक, सूचनाको हक, विशेषाधिकारको हक, संकटकालको धारा लगायतमा टिप्पणी सहितको सुझाव पेश गरेको हो ।















प्रतिक्रिया