८ कार्तिक २०८३, आइतबार

सभासद्को टोलीलाई कालो झन्डा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काँकडभिट्टा (झापा), ४ साउन । संविधानको मस्यौदामाथि सुझाव सङ्कलनका लागि झापाको धुलाबारीमा आएका सभासद्सहितको टोलीलाई सङ्घीय समाजवादी फोरम नेपाल र सङ्घीय लिम्बूवान पार्टीले संयुक्त रुपमा कालो झन्डा देखाएका छन् ।

मस्यौदाले आम जनताको भावनालाई सम्बोधन गर्न नसकेको भन्दै सुझाव सङ्कलनका लागि आएका सभासद्सहितको टोलीलाई कालो झन्डा देखाएको सङ्घीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य तथा झापा इन्चार्ज धनप्रसाद गुरुङले बताउनुभयो ।

क्षेत्र नंंं १ लाई समेटर धुलाबारीस्थित पासाङ ल्हामु हलमा कार्यक्रम भइरहेको छ । उनीहरुले सभाकक्षमा प्रवेश नगरी बाहिरै मौन बसेर कालो झन्डा देखाएर विरोध प्रदर्शन गरेका छन् ।

सुझाव सङ्कलन कार्यमा कुनै अप्रिय घटना हुन नदिन सुरक्षा व्यवस्था मजबूत पारिएकोे झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ठाकुरप्रसाद ज्ञवालीले जानकारी दिनुभयो । आज झापाका सातवटै क्षेत्रमा सुझाव सङ्कलन कार्य भइरहेको छ । रासस