८ कार्तिक २०८३, आइतबार

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुरुङ्गा (झापा) ४ साउन । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको कन्काई नगरपालिका–७ मा गुडिरहेको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बाहुनडाँगी–४ निवासी ५१ वर्षीय अच्यूत ढुङ्गाना रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ढुङ्गानाले चलाएको मे६प ६०५६ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको ग१ख ४९४९ नम्बरको बसले उछिन्न खोज्दा आज बिहान ९ बजे ठक्कर दिएको थियो ।

बसको ठक्करबाट गम्भीर घाइते भएका उहाँको विर्तामोडस्थित बिर्ता सिटी हस्पिटलमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यता मोटरसाइकललाई ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ । रासस