३० आश्विन २०८३, शुक्रबार

विश्वकप छनोटबाट बाहिरिएको नेपाल क्वालिफायर्समा झन तल झर्‍यो, कति अंकमा पुग्यो ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepali-cricketकाठमाडौं, ४ साउन । ट्वान्टी-ट्वान्टी विश्वकप छनोट प्रतियोगिताबाट बाहिरिएको नेपाललाई अर्काे झट्का लागेको छ ।

आफ्नो समुह चरणको खेलमा एक खेल मात्रै जितेर छनोट चरणबाट बाहिरिएको नेपालले क्वालिफायर्स अंक पनि गुमाएको छ । समुह चरणमा छैठौं स्थानमा रहेको नेपाल क्वालिफायर्समा १२ औं स्थानमा झरेको हो ।

यसअघिका सिजनहरुका खेलमा छनौट प्रतियोगिताका कन्सोलेसन प्लेअफको व्यवस्था भएपनि यो सिजनमा त्यस्तो व्यवस्था नरहेकोले अंक र नेट रनरेटका आधारमा छनौट प्रतियोगिताको ९ देखि १४ औँ स्थानमा रहेको टिमको पनि घोषणा गरिएको हो ।

जसमा नेपाल झन पछाडि परेको हो । आईसीसीले घोषणा गरेको टिममा नवौँ स्थानमा केन्या, १०औँ स्थानमा अमेरिका, ११औँ स्थानमा जर्सी र १२ औँ स्थानमा नेपाल रहेको छ । नेपालभन्दा तल १३औँ स्थानमा यूएई र १४ औँ स्थानमा क्यानाडा रहेका छन् ।

यो क्वालिफायर्स अंकले नेपाललाई निकै कमजोर टिममा रुपमा विश्लेषण गर्दछ । ९ देखि १४ स्थानमा सबै टिमलाई क्रमश कमजोर टिम मानिन्छ । जसअनुसार नेपाल पनि कमजोर टिमको सूचीमा परेको हो ।

यसको प्रमुख कारण आयरल्याण्ड भएका खेलमा नेपालले कमजोर प्रदर्शन गर्नु हो । ६ खेल खेलेको नेपालले चार खेलमा निकै खराब प्रदर्शन गरेको थियो । त्यही प्रदर्शनका विश्वकपबाट बाहिरिएर कारण नेपाल १२ स्थानमा झरेको हो ।

यस्तै, नेपाललाई १२ स्थानमा झरेर कमजोर टिमको सूचीमा राख्दा आयोजक आयरल्यान्ड र सहआयोजक स्कटल्यान्ड सन् २०१६ मा भारतमा हुने ट्वान्टी-ट्वान्टी विश्वकपका लागि छनौट भएका छन् ।

छनोट खेलमा समूह चरणमा शीर्ष स्थानमा यी दुई टिमले सिधै विश्वकपको यात्रा तय गरेका हुन् । समूह ‘ए’ को आइतबार भएको अन्तिम खेलमा जर्सीलाई सात विकेटले पराजित गर्दै आयरल्यान्डले ६ खेलमा ४ जित, २ हारसँगै ८ अंक जोडेर शीर्ष स्थान उक्लिएको हो ।

nepali-cricket-teamआइतबार भएको खेलमा पपुवा न्युगिनीलाई १८ रनले पराजित गर्दै अमेरिका ६ खेलमा ३ जित र ३ हारका साथ ६ अंकका साथ समूहमा पाँचौँ स्थान बनाएको छ । पाँचौं स्थानमा रहेको नेपाल ६ खेलमा १ जित, ४ हार र एक नो रिजल्टका साथ समूहमा सबैभन्दा पुछारमा झरेको हो । यो समूहबाट हङकङ, नामिबिया र पपुवा न्युगिनी अर्को चरणको क्वालिफायर्सका लागि छनौट भएका छन् ।

समूह ‘बी’बाट शीर्ष स्थानमा रहेको स्कटल्यान्ड विश्वकपका लागि सिधै छनौट भएको छ । स्कटल्यान्ड, नेदरल्यान्ड्स र अफगानिस्तानको समान ८ अङ्क भए पनि नेट रनरेटका आधारमा स्कटल्यान्डले बाजी मारेको हो । नेदरल्यान्डस्, अफगानिस्थान र ओमान भने अर्को चरणको क्वालिफायर्सका लागि छनौट भएका छन् ।

Nepali-cricket-teamअब क्वार्टर फाइनलमा हङकङ र अफगानिस्तानबीच हुने खेलको विजयी टिमले स्कटल्यान्डसँग सेमिफाइनल खेल्नेछ । त्यसैगरी नामिबिया र नेदरल्यान्डसबीच हुने खेलको विजयी टिमले आयरल्यान्डसँग सेमिफाइन खेल्नेछ । क्वार्टरफाइनलमा पराजित टिमले पाँचौँ स्थानका लागि पपुवा न्युगिनी र ओमानसँग खेल्नेछ ।

विश्वकपमा बाहिरिसँगै नेपाली टोली रित्तो हात घर फर्किदैछ । क्रिकेट विज्ञहरुले नेपालले व्याटिङमा शानदार प्रदर्शन गर्न कठिन प्रशिक्षण गर्नुपर्ने सुझाव दिएका छन् । त्यसका लागि अबको १ वर्ष नेपाली टिमलाई बन्द प्रशिक्षणमा राख्नुपर्ने उनीहरुको सुझाव छ ।