३० आश्विन २०८३, शुक्रबार

फुटबल सम्राट पेले पुनः अस्पताल भर्ना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Peleकाठमाडौं, ३ साउन । विश्व फुटबल सम्राट पेले अस्पतालमा उपचार गरी घर फर्किनुभएको तीन महिना नपुग्दै शुक्रबार पुनः अस्पताल भर्ना हुनुभएको छ ।

उहाँको पिठ्युमा नसा च्यापिएकाले उपचारार्थ अस्पताल ल्याइएको हो । तीन महिनाअघि ब्राजिलियाली फुटबल सम्राट पेलेको प्रोस्टेट ग्रन्थीको शल्यक्रिया गरिएको थियो ।

सञ्चारमाध्यममा जनाएअनुसार विश्व प्रसिद्ध फुटबल हस्तीको अहिले साओ पाउलोस्थित अलवर्ट आइन्सटाइन अस्पतालमा उपचार भइरहेको छ । उहाँलाई आइतबार अस्पतालबाट घरमा लगिने कुरा पनि त्यहाँको एक दैनिक पत्रिका ‘फोला डे एस पाउलो’ ले लेखेको छ ।

पेलेले ब्राजिलका लागि तीन पटक फुटबलमा विश्वकप उपाधि दिलाउनु भएको थियो । रासस/सिन्ह्वा