४ कार्तिक २०८३, बुधबार

विहेको नाटकमा परेर चीन पुगेकी नेपाली युवतीको उद्धार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Yubati Mahila Bihe Chinकाठमाडौं, ३ साउन । दलालमार्फत् चिनियाँ केटासँग बिहेको नाटक गरी चीनमा आएकी एकजना नेपाली युवतीलाई नेपाली दूताबासले उद्दार गरेर नेपाल फर्काएको छ ।

गत फेब्रुअरी ३ तारिखमा चीनको सान्तोङ प्रान्तको युन्छन काउन्टीमा आएर बन्दीको जीवन बिताइरहेकी काभ्रेकी २१ वर्षीया कल्पना तामाङ (नाम परिवर्तन)लाई गत शुक्रबार उद्दार गरेर मलेसियएन एयरलाइन्सबाट काठमाडौं पठाएको बेइजिङस्थित नेपाली दूताबासका तृतीय सचिव उत्तम घिमिरेले बताएको समाचार कान्तिपुर दैनिकले छापेको छ ।

गत जनवरीमा नेपाली दलाल मार्फत सान्तोङका २५ वर्षीय वु फुसिङले कल्पनालाई विभिन्न प्रलोभवन देखाएर विभिन्न कागजमा सही छाप गराएर काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा बिहे दर्ता गराएका थिए ।

सोही कागजका आधारमा उनलाई चीनमा ल्याइएको थियो ।