३० आश्विन २०८३, शुक्रबार

गड्डाचौकी भन्सारको राजस्व लक्ष्यभन्दा बढी, साढे १३ करोड बढी रकम संकलन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepali-paisa– डम्मरराज भट्ट

महेन्द्रनगर २ साउन । पश्चिम नेपालकै ठूलो गड्डाचौकी भन्सार कार्यालयले गएको आर्थिक वर्ष २०७१/०७२मा साढे १३ करोड बढी राजस्व संकलन गरेको छ ।

कञ्चनपुरको सीमा क्षेत्रमा रहेको भन्सारले १ सय ३१ प्रतिशत राजश्व असुली गरेको हो । भन्सार कार्यालयले यसरी लक्ष्य भन्दा बढी राजश्व असुली गरेको यो पहिलो पटक हो । गत आर्थिक बर्षको तुलनामा कार्यालयले २ सय ७२ प्रतिशत बढी राजश्व असुली गरेको छ ।

यो बर्ष १० करोड ३२ लाख ३५ हजार लक्ष्य रहेकोमा कार्यालयले १३ करोड ५८ लाख २९ हजार राजश्व असुली गर्न सफल भएको कञ्चनपुर भन्सार कार्यालयका कार्यालय प्रमुख रामप्रसाद रेग्मीले जानकारी दिनुभएको छ ।

भारतको राजधानी दिल्ली नजिक भएर पनि बनबसा सीमा क्षेत्रमा रहेको पुल सीमित समय मात्र खुल्ने र त्यसमा पनि लोड समानहरु निकासि पैठारी नहुने भएका कारण यो नाकामा खासै राजश्व उठन सकेको छैन । बिगतका बर्षहरुमा ४÷५ करोड देखि ८÷९ करोडसम्म लक्ष्य हुने गरेकोमा लक्ष्य अनुरुप उठन सकेको थिएन ।

भन्सार छली नियन्त्रण र सबै सरसमानमा नियमित भन्सार जस्ता सुधारका कार्यक्रम कार्यान्वयनमा ल्याएका कारण भन्सार अशुलीमा बृद्धि भएको कार्यालय प्रमुख रेग्मीले बताउनुभएको छ । सिसिटिभीले समेत निगरानी गरेकाले राजश्व संकलन प्रभावकारी हुँदा लक्ष्यमा वृद्धि भएको रेग्मीको भनाई छ ।