पाल्पा २ साउन । पाल्पा जिल्ला दुध, मासु र तकारीमा आत्मनिर्भर बनेको छ । जिल्लामा मात्र नभएर वाहिरी जिल्लामा समेत यहाँको दुध, मासु र तरकारी निर्यात गर्न सफल भएको हो ।
जिल्लामा खपत भई ३७ करोड ९१ लाख ४१ हजार रकमको दुध तरकारी र मासु बाहिरी जिल्ला पठाएको जिल्ला पशु सेवा कार्यालय पाल्पाले जनाएको छ ।
कार्यालयले केन्द्रीय तह, जिल्ला तह र क्षेत्रगत तहमा गरी ३ तरिकाबाट पशु सेवा कार्यक्रम संचालन गर्दै आएको छ ।
वरिष्ठ पशु विकास अधिकृत तुलसीराम भण्डारीले पशु कार्यक्रमबाट जिल्लामा १ हजार २ सय जनाले प्रत्यक्ष रोजगारी पाएको बताए ।
पाल्पामा कुखुरा, बंगुर, बाख्राको उत्पादनमा एकदमै राम्रो रहेको कार्यालय प्रमुख भण्डारीले बताए । राज्यले घोषणा गरेको सहुलियत ऋण बैंकहरुले पशु किसानहरुलाई नदिएको, जिल्लामा दुधालु गाईको श्रोत नभएको, किसानको उत्पादनशील फार्महरुलाई बैंकहरुले ऋण नदिँदा किसानहरुलाई समस्या परेको बरिष्ट पशु विकास अधिकृत भण्डारीले बताए ।
कार्यालयका सूचना अधिकृत डा.चन्द्रबहादुर रानाले जिल्लाको ४२ गाविस कृत्रिम गर्वाधान सेवा पु¥याएको, सुगम स्थानमा ३६ प्रतिशत, मध्यम स्थानमा ३४ प्रतिशत, दुर्गम स्थानमा ३० प्रतिशत सेवा तथा कार्यक्रमहरु संचालन गर्दै आएको बताए । अहिले जिल्लामा मासिक १ लाख रुपैयाँसम्म आम्दानी गर्ने पशु फार्महरुको निर्माण भएको बताउँदै पशुमा युवा लक्षित कार्यक्रम प्रभावकारी रुपमा संचालन भएको आगामी वर्षदेखि राम्रो प्रतिफल दिने पशु चिकित्सक रानाले बताए ।
कार्यालयले यस वर्ष विशेष गरी पशु आहार सेवा, पशु प्रजनन सेवा, व्यवसायिक पशु फार्म सुधार, स्थानीय कुखुरा संरक्षण, व्यवसायीक बाख्रा पकेट कार्यक्रम, सहकारी खेती बंगुर कार्यक्रम सफल रुपमा संचालन गरेको छ । कार्यालयले १६६०७५५२२२२२ नम्बरको निःशुल्क फोन सेवा संचालनमा ल्याएको हो । जनताले पशु सेवा सम्बन्धि धेरै जानकारी लिन सकुन भनेर कार्यालयले निःशुल्क फोन सेवा शुरु गरेको कार्यालय प्रमुख भण्डारीले बताए ।
कार्यालयले पटक पटक वधशाला निर्माणको लागि निर्णय गर्दा समेत तानसेन नगरपालिकाको वेवास्ताको कारण निर्माण गर्न नसकिएको कार्यालय प्रमुख भण्डारी जानकारि दिए ।
















प्रतिक्रिया