काठमाडौं, २ साउन । एक म्यागजिनले गरेको सर्बेक्षणमा नेपालको राजधानी काठमाडौं दक्षिण एसियाकै महंगो शहरमा परेको छ ।
इकोनोमिस्ट म्यागजिनले सार्वजनिक गरेको वर्ल्ड कस्ट अफ लिभिङ इन्डेक्समा काठमाडौं विश्वको पाँचौ सस्तो र दक्षिण एसियाको महंगो शहरमा परेको हो ।
उक्त म्यागजिनले विश्वका १० सस्ता शहरहरुको बारेमा सर्वेक्षण गरेको थियो । म्यागजिनको इन्डेक्समा भारतको मुम्बई विश्वको सबैभन्दा सस्तो शहरमा परेको छ । यो इन्डेक्स जीवन यापनका लागि आवश्यक विभिन्न वस्तुहरु जस्तै खाद्यान्न, मदिरा, पोशाक, भाडा, पेट्रोल, बिजुली पानी यातायातको मूल्य मापन गरि निकालिएको हो । उक्त इन्डेक्सले पाउरोटी, वाइन, पेटोल लगायतको बस्तु कुन शहरमा कति पर्छ भनेर तुलनात्मक विवरण पनि प्रस्तुत गरेको छ ।
वर्ल्ड कस्ट अफ लिभिङ इन्डेक्समा मुम्बईले ३९ अङ्क प्राप्त गरेको छ । दोस्रो सस्तो सहरमा पाकिस्तानको कराची परेको छ । कराचीले ४० अङ्क पाएको छ। तेस्रो सस्तो सहरमा भारतकै राजधानी नयाँ दिल्ली परेको छ । वर्ल्ड कस्ट अफ लिभिङ इन्डेक्समा ४३ अङ्क प्राप्त गर्दै तेस्रो सस्तो शहरको रुपमा नयाँ दिल्ली गनिएको हो । चौथोमा सिरियाको दमास्क परेको छ भने, काठमाडौं ४४ नम्बर प्राप्त गरी पाँचौ सस्तो शहरमा परेको छ । इकोनोमिस्टका अनुसार काठमाडौंमा एक केजी पाउरोटीको मूल्य १ दशमलव २६ डलर, एक बोतल वाइनको १८ दशमलव ९८ डलर, एक लिटर पेट्रोलको मूल्य यहाँ १ दशमलव २४ डलर पर्छ ।
विश्वका सबैभन्दा सस्ता १० सहरमध्ये अल्जेरियाको अल्जियर्स, रोमानियाको बुखारेस्ट, पनामाको पनामा सिटी, साउदी अरबको जेद्दाह र साउदी अरबकै रियाद परेका छन् ।















प्रतिक्रिया