काठमाडौं, २ साउन । टी-ट्वान्टी विश्वकप छनोट अन्तर्गतको आफ्नो छैठौं तथा अन्तिम खेलमा नेपालले जर्सीसामू १०६ रनको लक्ष्य पेस गरेको छ ।
आयरल्याण्डको डब्लिनमा टस हारेर व्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउँदै १०५ रनको योगफल तयार पारेको हो । आज पनि नेपालको सुरुवाती प्रदर्शन खराब रह्यो ।
नेपालका लागि पहिलो खेलमा ‘डेब्यु’ गरिरहेका सिद्धान्त लोहनीले २७ रन बनाए । १६ बलमा दुई छक्का र दुई चौकासहित २७ रन बनाए ।त्यस्तै ज्ञानेन्द्र मल्लले २६, शरद भेष्वाकरले १७ र कप्तान पारस खड्काले ११ रन बनाए । अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।
प्रदिप ऐरी २, विनोद भण्डारी ३, राजेश पुलामी ४ र बसन्त रेग्मी रनमा आउट भए । सोमपाल कामी ३ र करन केसी शुन्यमा अविजित रहे ।
नाट वाटि्कन्सले ४ ओभरमा २० रन दिएर ३ विकेट लिए ।















प्रतिक्रिया