३० आश्विन २०८३, शुक्रबार

सुनको मूल्य घटेको घट्यै, चार महिनायताकै न्यून

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Goldकाठमाडौं, २ साउन । पछिल्लो हप्ता सुनको मूल्यमा भारी गिरावट आएको छ । शुक्रबार प्रति तोला ४९ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छ । यो मूल्य बिगत चार महिनायताकै न्यून हो ।

बिहीबार प्रति तोला ५० हजार २ सय रुपैयाँमा कारोबार भयो । यस हप्ता सुनको भाउ अन्तर्राष्ट्रिय मूल्यका कारण मात्र नभई सरकारले बजेटमार्फत आयात भन्सारदर घटाएपछि आरालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यही क्रम जारी रहेमा आगामी हप्ता सुनको मूल्य ४९ हजारको हाराहारीमा कायम रहने आँकलन गरिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ विगत आठ महिनाकै न्यून विन्दूमा पुगेको छ । नेपाली बजारमा भने गत चैत १ गतेदेखि सुनको मूल्य ओरालो लागेको थियो । गत चैत १ मा सुनको मूल्य प्रति तोला ५० हजार तीन सय रुपैयाँ थियो । अहिले आएर त्योभन्दा पनि तल्लो बिन्दुमा पुगेको छ ।