२२ कार्तिक २०८३, आइतबार

विश्वकप छनोटमा नेपाल हार्नुका तीन कारण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepali-cricket-teamकाठमाडौँ, २ साउन । लगातार दोस्रो पटक टी-ट्वान्टी विश्वकप खेल्ने लक्ष्यका साथ गत असार पहिलो साता आयरल्यान्ड भ्रमणमा निस्केको नेपाल अन्ततः छनोटका क्रममा समूह चरणबाटै घर फर्कने स्थितिमा पुगेको छ ।

आयरल्यान्ड र स्कटल्यान्डले संयुक्त रूपमा आयोजना गरिरहेको विश्व कप छनोट क्रिकेट प्रतियोगितामा आफूले खेलेका पाँचै वटा खेलमा कमजोर ब्याटिङका कारण प्रतियोगिताको समूह ए मा रहेको नेपाल लगातार खराब प्रदर्शन गर्दै तीन खेलमा पराजय भोगेपछि विश्व कपमा छनोट नहुने स्थितिमा पुगेको छ । दुई वर्षअघि यूएईमा नेपालले हङकङलाई ५ विकेटले पराजित गर्दै पहिलो पल्ट ऐतिहासिक रूपमा ट्वन्टी-२० विश्वकपमा छनोट हुन सफल भएको थियो ।

क्यानका कार्यवहाक महासचिव उत्तम कर्माचार्यले नेपाली खेलाडीको प्रदर्शन कमजोर रहनुमा त्यहाँको हावापानी-गर्मी मौसममा खेलिरहेको नेपालले चिसो मौसममा जम्न नसक्नु, प्रत्येक खेलमा टस हार्नु र त्यहाँका क्रिकेट मैदानको पिचसमेत ‘फास्ट’ हुँदा नेपाली ब्याट्सम्यानको प्रदर्शन कमजोर हुनुले नेपाल लगातार पराजित भएको बताए । 

श्रीलङ्काली मूलका क्यानडाली पुवुदु दासानायकेको प्रशिक्षणमा रहेको नेपाली टोलीका कुनै पनि भरपर्दा ब्याट्सम्यानले सोचेअनुरुप प्रदर्शन गर्न सकेनन् । ब्याट्सम्यानको तुलनामा बलरले केही सुधारिएको प्रदर्शन गरेका छन् । प्रतियोगितामा नेपालको ब्याटिङ लाइन सम्हालेका कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल र शरद भेषवाकर, प्रदीप ऐरी, सागर पुन, विनोद भण्डारी र राजेश पुलामीको प्रदर्शन कमजोर रह्यो ।

नेपाली खेलाडीको प्रदर्शन कमजोर रहनुमा त्यहाँको हावापानी मुख्य भएको बताउँदै क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान)का कावा महासचिव एवं राष्ट्रिय टोलीका पूर्वकप्तान उत्तम कर्माचार्यले गर्मी मौसममा खेलिरहेको नेपालले चिसो मौसममा राम्रो प्रदर्शन गर्न नसकेको जिकिर गर्नुभयो । प्रत्येक खेलमा टस हार्नु पनि हारको अर्को कारण भएको उहाँको भनाइ थियो ।

उहाँले भन्नुभयो-‘पहिलेदेखि नै ब्याटिङमा कमजोर नेपाली टोलीको पुरानै समस्या आयो, एसियाली मुलुकको भन्दा त्यहाँका पिचसमेत ‘फास्ट’ हुनाले नेपाली ब्याट्सम्यानको प्रदर्शन कमजोर भयो ।”