२२ कार्तिक २०८३, आइतबार

विश्वकप छनोटः नेपाललाई अर्काे झट्का, यसरी सकियो छनोट सम्भावना (तालिका सहित)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepal-Cricket-Teamकाठमाडौं, २ साउन । आईसीसी टी-ट्वान्टी विश्वकप छनोट प्रतियोगिताबाट नेपाल लगभग बाहिरिएको छ ।

नेपालले आज जर्सीसँग खेल्दैछ । जर्सीसँगको खेलमा जित हात पारेपनि नेपाल छनोट चरणमा प्रवेश गर्न सक्दैन् । त्यसका लागि हङकङले खेल्न बाँकी तीन खेलमा पराजित हुनुपथ्र्याे । तर, हिजोको खेलमा हङकङले उत्कृष्ट प्रदर्शन गर्दै आयरल्याण्डलाई ५ रनले हराएपछि आफ्ना तीन खेलमा लगातार पराजित भएको नेपालको विश्वकप छनोट हुने सम्भावना सकिएको हो ।

यसअघि नेपालको विश्वकप यात्रा हङकङको हातमा थियो । नेपालका लागि हङकङले खेल्न बाँकी तीन खेलमा सबै खेलमा पराजित हुनुपथ्र्यो । तर हिजाको आफ्नो चौथो खेलमा हङकङले आयरल्याण्डलाई पराजित गरेपछि नेपालको सम्भावना सकिएको हो ।

नेपाल अहिले अङ्क तालिकामा ३ अङ्कका साथ समूहको पाँचौँ स्थानमा छ । शुक्रबार रातिको खेलमा आयरल्यान्डलाई पराजित गरेपछि हङकङ हङकङ चौथो स्थानमा उक्लिएको छ । जसकारण नेपालको विश्वकप यात्रा हङकङको भागमा परेको हो ।

नेपालले आजको खेलमा जर्सीलाई जिते पनि रनरेटका आधारमा नेपाल हङकङभन्दा पछाडि नै पर्नेछ । किनकी नेट रनरेटमा समूहकै सबैभन्दा खराब स्थानमा नेपाल छ । आयरल्यान्डसँग सबैभन्दा कम रन बनाएका कारण नेपालको नेट रनरेट ऋणात्मक (–१.८३८) हुन पुगेको थियो । त्यसपछिका खेलमा कसैलाई पनि पराजित गर्न नसकेको नेपालको नेट रनरेटमा सुधार आउन सकेको छैन ।

Tableजसका कारण समुह छनोटको चारमा पुग्न नेपालका लागि चमत्कार नै हुनुपर्छ जो असम्भव छ । प्रतियोगितामा समूह अंकतालिकामा प्रथम हुने दुई टिम विश्वकपका लागि सिधै छनौट हुनेछ । समूह दोस्रो र तेस्रोले अर्को समूहको तेस्रो र दोस्रो टिमसँग नकआउट खेल्नेछ । त्यसमा विजयी दुई टिम पनि विश्वकपमा छनौट हुनेछ । त्यसमा पराजित दुई टिमले समूह चौथो भएका टिमसँग प्रतिस्पर्धा गर्नेछन् र विजयी टिम विश्वकपमा छनौट हुनेछ ।

समूह पाँचौँ र छैटौँ भने विश्वकपमा पुग्न सक्ने छैनन् । नेपालको अहिलेको स्थिति समूह पाँचौँ वा छैटौँको लागि प्रतिस्पर्धा हुने देखिन्छ ।यसअघि छनोट चरणमा गत असार १५ गते अमेरिकालाई छ विकेटले पराजित गर्दै सुखद् सुरुआत गरेको नेपालले दोस्रो खेल वर्षाका कारण अवरुद्ध हुँदा नामिवियासँग अङ्क बाँडेको थियो भने तेस्रो खेलमा आयोजक आयरल्यान्डसँग लज्जास्पद हार बेहोरेको थियो । उक्त खेलमा नेपालले बनाएको मात्र ५३ रन टी ट्वन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा दोस्रो सानो स्कोर थियो ।

वर्षाका कारण दोस्रो खेलमा अङ्क बाँड्दा र तेस्रो खेलमा लज्जास्पद हार बेहोर्दा नेपाल निकै दबाबमा परेको थियो । परिणामस्वरुप चौथो खेलमा समेत कमजोर मानिएको हङकङसँग पाँच विकेट तथा पाँचौँ खेलमा शुक्रबार पपुवा न्युगिनीसँग आठ विकेटले पराजित भएको छ ।