काठमाडौं, २ साउन । श्रम तथा रोजगार राज्य मन्त्री टेकबहादुर गुरुङ अहिले जति चर्चामा छन्, त्यसको एउटै कारण हो – बैदेशिक रोजगारको लागि फ्रि भिसा र फ्रि टिकटको व्यवस्था लागु गर्ने नीति ल्याउनु ।
मन्त्री गुरुङले बैदेशिक रोजगारको लागि मलेसिया लगायत ७ खाडी मुलुकमा फ्रि भिसा र फ्रि टिकटमा लैजाने नीति ल्याउने बित्तिकै बैदेशिक रोजगार व्यवसायीहरु उनको बिरोधमा उत्रिएनन् मात्र काम नै ठप्प पारेर आन्दोलनमा होमिए । तर, त्यही मुद्दा उठाएर वाही वाही बटुलेका मन्त्री टेकबहादुर गुरुङनै फ्रि भिसा, फ्रि टिकट प्रदान गर्ने विषयमा गलेको स्रोतले बताएको छ ।
फ्रि भिसा दिने तर टिकट चाही बैदेशिक राजगारमा जाने व्यक्तिले बेहोर्नुपर्नेमा मन्त्री र व्यवसायीबीच सहमति भैसकेको स्रोतले बतायो । तर, बैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष बिमल ढकालले सरकार बिरुद्ध मुद्दा हालेपछि यो प्रक्रिया रोकिएको छ । स्रोतको अनुसार ढकालले मुद्दा दर्ता नगरेको भए फ्रि भिषामा कुरा टुंगिन्थ्यो ।
अध्यक्ष दाहालले संगठनमा छलफल नगरीकन २२ गते नै सरकार विरुद्ध मुद्दा दायर गरेका थिए । मुद्दाबारे संगठन पदाधिकारीहरुले समेत आठ दिनपछि मात्र सुइको पाए । यस विषयमा मुद्दा परेपछि फ्रि भिसा र फ्रि टिकटको विषयमा अदालतको निर्णय कुर्नुपर्ने भएको छ ।
फ्रि भिसा फ्रि टिकटको नाममा मन्त्री बायो म्याट्रीम मेडिकल प्रणाली भित्र्याउने खेलमा लागेको स्रोतको दाबी छ । ‘मलेसियाको बेस्टिनेत एसडिएन डट डिएचबी कम्पनीले उक्त प्रणाली नेपालमा भित्राउन खोजिरहेको छ र त्यसमा मन्त्रालयको सपोर्ट छ’, स्रोतले भन्यो, ‘बायोम्याट्रिक सुरक्षासँग सम्बन्धित भए पनि यसलाई मेडिकलसँग जोडिएको छ । यसको लागि बैदेशिक रोजगारमा जाने कामदारको कम्तिमा १५ हजार बढी खर्च हुन्छ ।’
स्रोतको अनुसार बायो म्याट्रिकको लागि फर्म र पासपोर्ट हाइ रेजुलेसनमा स्कानिङ गरेर मलेसियाको ब्यक्तिगत कम्पनीमा पठाउनुपर्ने भएकाले खतरा पनि उत्तिकै रहेको छ ।
















प्रतिक्रिया