४ कार्तिक २०८३, बुधबार

बुबा आमालाई पैसा दिएर छोरीचेलीको यसरी हुन्छ बलात्कार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rapसंखुवासभा, २ साउन । चैनपुर बजारको एक घरमा नागरिक अगुवाहरु भएको भेलामा पाँचलाख भन्दा कममा हुँदैन भन्दै मोलमलाई हुँदै थियो ।

एक १२ वर्षीया बालिकामाथि बलात्कार भएको घटनालाई सामसुम पार्न पाँचलाखको कुरा चल्यो, एक घन्टा ‘बार्गेनिङ’ चलेपछि दुई लाख ७५ हजारमा कुरा मिल्यो । उनीहरुले एक लाख रुपैयाँ लेनदेन गरेर बाँकीको तमसुक बनाए ।

संखुवासभाकै शीतलपाटीमा एक वर्षअघि करिब ३० जनाको समूह भेला भएर औषधिउपचार गरिदिनुपर्छ भनेर कागज गर्दै थिए । छ वर्षीया बालिकाको बलात्कारपछि उनको योनी १।५ सेन्टिमिटर च्यातिएपछि औषधिउपचार गर्ने सर्तमा कागज गरियो । १२ वर्षीया बालिका बलात्कार भएपछि प्रहरीमा जाहेरी दिइन ।

प्रहरीले आरोपीलाई गिरफ्तार गर्यो । दुर्ई दिनपछि जाहेरी फिर्ता लिन लगाई चार लाख २५ हजारमा मिलापत्र भयो । सखुवासभा, तेह्रथुमजस्ता पूर्वी पहाडका जिल्लामा बलात्कारका घटना मोलमलाई भएर पैसामा मिल्ने गरेका कैयन उदाहरण छन् । अन्नपूर्ण पोष्टमा समाचार छ ।