४ कार्तिक २०८३, बुधबार

भूकम्पका नाममा यसरी भित्र्याइँदैछ, अमेरिकामा नेपाली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

americaकाठमाडौं, २ साउन । महाभूकक्पलगत्तै अमेरिकाले नेपालीलाई ‘टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस) घोषणा ग-यो ।

सन् २०१६ डिसेम्बरसम्म लागू हुने टीपीएस यस्तो सुविधा हो, भिसाबिनै पुगेका वा बसेका नेपालीले श्रम इजाजत पाउनेछन् । उनीहरुलाई स्थायी बसोबास (ग्रिन कार्ड) को आवेदन दिइनेछ ।

यसैलाई भजाउँदै ‘अमेरिका लगिदिन्छु’ भनेर कुनै दलालले तपाईसँग पैसा झारिसकेको त छैन नि रु छैन भने, ठीक छ । नत्र सावधान रहनुहोस्, यो धन्दा मौलाईसकेको छ । यो समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।

ल्याटिन अमेरिकी मुलुक कोलम्बियामा यो साता मात्र तीन जना नेपाली पु-याइए ।

त्यहीं घरजमसहित व्यवसाय गर्दै आएका सिन्धुलीका छत्रबहादुर मैनालीका अनुसार बोगोटाको रियल स्टार होटलमा उनीहरुलाई राखिएको थियो ।