४ कार्तिक २०८३, बुधबार

खाडीसहितका आठ देशमा राजदूत नियुक्त गरिँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mahendra_pandayकाठमाडौं, २ साउन । परराष्ट्र मन्त्रालयले खाली रहेका आठ देशमा साउन पहिलो साताभित्रै राजदूत नियुक्त गर्ने तयारी गरेको छ ।

श्रीलंका, जर्मनी, बेलायत, ब्राजिल, कतार, इजिप्ट, बहराइन र ओमनमा राजदूत नियुक्त हुन नसकेको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ ।

परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले एक साताभित्रै नियुक्त गर्नेगरी तयारी भइरहेको जानकारी दिए । ‘साउनमा एउटा नियोगमा खाली हुँदै छ । कात्तिकमा अर्को । आठवटा पुराना बाँकी छन्,’ पाण्डेले भने, ‘यही साता टुंग्याउने तयारी भएको छ ।’

परराष्ट्रद्वारा राजदूतहरूको कार्यक्षमता बढाउन तथा देशको हितमा सम्बन्धलाई प्रयोग गर्न राष्ट्रविशेष रणनीति बनाउने गृहकार्य भइरहेको पनि मन्त्री पाण्डेले जानकारी दिए ।

मन्त्रालयको सुधारका कामबारे जानकारी दिँदै उनले भने, ‘एउटै नीतिले सबै मुलुकसँगको सम्बन्ध चलाउनुभन्दा राष्ट्रविशेष फरक–फरक नीति बनाउनुपर्ने महसुस भएको छ । त्यसको तयारी भइरहेको छ ।’

कूटनीतिक सम्बन्ध नभएका देशहरूमा नेपाली पुगेको र अलपत्र परेपछि उद्धार गर्न कठिनाइ भएकाले त्यस्ता देशसँग दौत्यसम्बन्ध बनाउने गृहकार्य भएको पनि मन्त्री पाण्डेले बताए ।

नेपाल र भारतबीचको समग्र सम्बन्धबारे अध्ययन गरी पुनरावलोकनका लागि सुझाब दिन प्रबुद्ध व्यक्ति समूह गठन पनि केही दिनभित्र हुने उनको भनाइ छ ।

गत वर्ष १० साउनमा भएको नेपाल–भारत संयुक्त आयोगको तेस्रो बैठकमा दुई देशबीच भएका विभिन्न सन्धि–सम्झौताको अध्ययन, विश्लेषण गरी सुझाब दिन प्रबुद्ध व्यक्ति समूह गठन गर्ने सहमति भएको थियो ।