४ कार्तिक २०८३, बुधबार

बजेट सक्न कर्मचारी र ठेकेदार मिलेर बनाएको कालोपत्रे दुई दिनमा चट्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

KTM-Sadakकाठमाडौं, २ साउन । बजेट सक्न हतारमा गरिएको कालोपत्रे तीन दिनमै उप्किएको छ । जनआन्दोलनका सहिद वासुदेव घिमिरेको स्मृतिमा कलंकीको बाबा पेट्रोल पम्पदेखि कीर्तिपुर जोड्ने सडकको नाम वासु स्मृति सडक राखिएको थियो ।

तर, गाडी गुड्ने गरी सरकारी बजेट प्रयोग गरेर कालोपत्रे गरिएको सडक तीन दिनमा हिँड्नसमेत गाह्रो हुने गरी बगरमा परिणत भएको छ ।

सो सडकमा २७/२८ असारमा कालोपत्रे गरिएको थियो । दुई दिनपछि परेको पानीले सडकको कालोपत्रे सबै बगाएको स्थानीय बासिन्दाले बताएको समचार नयाँ पत्रिका दैनिकले छापेको छ ।

सडक विभागले वासु स्मृति मार्गमा कालोपत्रे गर्न जय दुर्गा कन्स्ट्रक्सनलाई ठेक्का दिएको थियो । आर्थिक वर्ष ०७१/७२ को अन्त्यमा बजेट सक्न गुणस्तरहीन काम भएको हो ।

स्थानीयले कालोपत्रे गर्नुअघि सडकमा आवश्यक ग्राभेल राख्न तथा पानीको निकास बनाउन आग्रह गरेका थिए ।

तर, ठेकेदार कम्पनीले जबर्जस्ती कालोपत्रे गर्न लागेपछि स्थानीयले अवरोधसमेत गर्न खोजेका थिए । तर, ठेकेदार कम्पनीले जबर्जस्ती कालोपत्रे गरेको थियो ।

‘ग्राभेलसहितको आवश्यक मर्मतपछि मात्र कालोपत्रे गर्न भन्यौँ । तर, ठेकेदार कम्पनीले अटेर गर्‍यो । हामीले अवरोध नै गर्न खोज्यौँ । उल्टै ठेकेदार कम्पनीले दबाब दियो,’ स्थानीय रामचन्द्र अधिकारीले भने, ‘अन्ततस् ठेकेदारका सामु स्थानीयको केही चलेन, कालोपत्रे गरिछाडे । अहिले गुणस्तरहीन कालोपत्रे कुचोले बढारेजस्तै पानीले बगाएर एक ठाउँमा गएर थुप्रिएको छ ।’