काठमाडौं, २ साउन । आफ्नो दरबन्दीमा अरूलाई जागिर खुवाएर माथिल्लो तहमा जिम्मेवारी लिएका शिक्षक साउनसम्ममा आफ्नो पदमा फर्कनुपर्ने भएको छ ।
अर्काको दरबन्दीमा जागिरमा रहेका लियन शिक्षकलाई असारसम्मको तलब दिएर हटाउन विभागले शिक्षा कार्यालयलाई मंगलबार निर्देशन दिएको छ ।
प्राथमिक तहका कतिपय शिक्षक आफ्नो दरबन्दीमा अर्कै व्यक्ति राखेर आफूचाहिँ निमावि र माविका अस्थायी शिक्षकका रूपमा कार्यरत छन् ।
विभागले यस्ता शिक्षकलाई आफ्नै पदमा झार्न जिल्ला शिक्षा कार्यालयहरूलाई निर्देशन दिएको समाचार कान्तिपुर दैनिकले छापेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनका आधारमा सोमबार शिक्षामन्त्रीस्तरीय बैठकले लियन शिक्षक हटाउन लागेको हो ।
तल्लो तहका शिक्षकले कतिपय विद्यालयमा प्रधानाध्यापकको समेत जिम्मेवारी लिएका छन् ।
उनीहरूलाई माथिल्लो तहमा राख्दा शैक्षिक गुणस्तर खस्केपछि विभागले लियन शिक्षक हटाउन लागेको हो ।















प्रतिक्रिया