१ कार्तिक २०८३, शनिबार

यी बलिउड हस्तीहरुले कति लाखको विजुली प्रयोग गर्छन् ? सुनेर छक्क पर्नुहुनेछ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

salman_shahrukh_aamir1

मुम्बई । के तपाईलाई थाहा छ बलिउडका कलाकारहरु कति बिजुली प्रयोग गर्छन् ? भारत तीन खान अर्थात शाहरुख, सलमान र आमिर जसको घरको बिल नै यति आउछ कि भनी साध्य नै छैन् । त्यसमाथि बलिउडका चर्चित अभिनेता अमिताभ बच्चनको त कुरै छाडौं ।

शाहरुख खान

ब्लूगेप डट कमका अनुसार बलिउडका बादशाह शाहरुख खान महिनामा ४३ लाख रुपैयाँको बिजुली खर्च गर्छन् । यो मात्र उनको मुम्बईको बान्द्रा इलाकाको महल ‘मन्नत’ को बिजुली बिल हो । अन्य ठाउँको जोड्दा उनले महिनामा २ करोड बढीको विजुली प्रयोग गर्छन् ।

सलमान खान

सलमान खान आफ्नो बान्द्रा स्थित आफ्नो अपार्टमेन्ट र बिइंग ह्यूमनको मुख्य कार्यालयको महिनाभरीको २९ लाख रुपैयाँको बिजुलीको बिल तिर्ने गर्छन् ।

आमिर खान

आमिर खान मुम्बईको बान्द्रा स्थित आफ्नो अपार्टमेन्टमा ९ लाख र आमिर खान फिल्मको कार्यालयमा १३ लाख रुपैयाँको बिजुली प्रयोग गर्छन् ।

अमिताभ बच्चन

अमिताभ बच्चन मुम्बईको जुहु स्थित महलमा २२ लाख रुपैयाँको विद्युत खपत गर्छन । त्यो पनि एक महिनामा ।

सैफअलि खान

सैफ अली खान आफ्नो मुम्बई र दिल्ली दुबै ठाउँको महलको मिलाएर महिनामा ३० लाख रुपैयाको बिजुलीको बिल तिर्छन् । विजुली बाल्नमा हिरोइन पनि कम छैनन् ।

दीपिका पादुकोण

दीपिका पादुकोण महिनामा १३ लाख रुपैयाँको बिजुली प्रयोग गर्छिन् ।

कैटरीना कैफ

कैटरीना कैफ पनि महिनामा मात्र मुम्बईमा रहेको अपार्टमेन्टमा १० लाख रुपैयाँ बिजली प्रयोग गर्छिन् । एजेन्सी