३० आश्विन २०८३, शुक्रबार

प्रधानमन्त्री राहत कोषमा मिल्वाकी नेपलीज परिवारको ६० लाख सहयोग

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepalise-socityकाठमाडौं, १ साउन । गत वैशाख १२ गतको विनाशकारी भूकम्पबाट प्रभावित परिवारलाई सहयोगका लागि मिल्वाकी नेपलीज परिवारले प्रधानमन्त्री राहत कोषमा ६० लाख रुपैयाँ सहयोग गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार सस्थाकी बोर्ड चियरम्यान डा. कल्याणी राइले प्रधानमन्त्री सुशील कोइरालालाई उक्त राहत रकम हस्तान्तरण गर्नुभयो ।

रकम हस्तान्तरण कार्यक्रममा संस्थाकी बोर्ड चियर राईले प्रधानमन्त्री कोइरालासमक्ष सस्थाले विशेष गरी अति प्रभावित जिल्ला मध्य दोलखा जिल्लाको बेत्पु–२ ग्याङ सुखाथोकर र धन्धाखर्कमा रहेका केही विद्यालय निमार्णमा पुगोस् भन्ने अपेक्षा राख्नुभएको थियो ।

संस्थाले दिएको भूकम्प पीडितको राहत सहयोग रकम बुझ्दै प्रधानमन्त्री कोइरालाले विदेशमा बसेका नेपालीहरुले देशमा परेको विपद्मा आ–आफ्नो तर्फबाट पु¥याएको भन्दै सहयोगको सराहाना गर्नुभयो । उहाँले सो सहयोगको उच्च मुल्यांकन देशका सम्पूर्ण जनताले गर्ने समेत विश्वस दिलाउनुभयो ।

यस्तो प्रकारको सहयोग अन्य मित्र र आफ्नो सस्थालाई गर्न गराउन आग्रह समेत गर्नभएको छ । यो सहयोग रकम आफूले अध्ययन गरेको यूनिभरसिटी र बीन्सकोन्सीन आसपासका सर्वसाधारण व्यक्ति, व्यवसायीहरु र स्थानीय हिन्दु मन्दिरबाट संकलन गरेको भन्दै बास्तविक भूकम्प पीडितहरुले पाउन भन्ने आसा राखेको डा.राईले बताउनुभयो ।