३० आश्विन २०८३, शुक्रबार

विश्वकप छनोट यात्राः नेपाल के-के मा कमजोर ? यस्ता छन् सुधार गर्नुपर्ने पक्षहरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepali-cricket-teamकाठमाडौँ, १ साउन । लगातार दोस्रोपटक टी–ट्वान्टी विश्वकपमा छनोट हुने उद्देश्यका साथ आयरल्यान्ड पुगेको नेपाली क्रिकेट टोली हङ्कङसँगको पछिल्लो हारले दबाबमा परेको छ ।

जित्नैपर्ने दबाबका बीच नेपाली टोलीले अहिले दिउँसो २.४५ बजे पपुवा न्युगिनीको सामना गर्दैछ । आजको खेल गुमाएको खण्डमा नेपालले विश्वकप यात्रा टुङ्ग्याउनुपर्नेछ । यसअघि अमेरिकासँग जित निकालेको नेपालले नामिबियासँगको खेल वर्षाका कारण अवरुद्ध भएपछि एक–एक अङ्क बाँडेको थियो । तेस्रो खेलमा आयोजक आयरल्यान्डसँग नमिठो हार भोगेको नेपालले अपेक्षाविपरीत हङ्कङसँग पनि हार व्यहो¥यो ।

समूह ‘ए’ मा सात टोली छन् । जसमा आयरल्यान्ड पहिलो स्थानमा, पपुवा न्युगिनी दोस्रोमा हुँदा नेपालले भने पाँचौँ स्थानमा चित्त बुझाउनुपरेको छ । नेपालले खेलेका हरेक खेलमा ब्याटिङ पक्ष कमजोर देखिएको छ । विश्वकप यात्रा नेपालले कायमै राख्ने हो भने ब्याटिङमा सुधार गर्नुपर्ने क्रिकेट विज्ञहरुको सुझाव छ ।

सोमबार हङ्कङसँगको अप्रत्यासित पाँच विकेटको हारपछि पनि नेपाली कप्तान पारस खड्काले विश्वकप यात्रा नसकिएको सङ्केत गर्दै भन्नुभएको छ- “हामी अबका खेलमा ब्याटिङ सुधार गर्दै जितकै लागि खेल्नेछौँ र विश्वकपमा छनोट हुने आशा जीवितै राख्ने प्रयास गर्नेछौँ ।”

हालसम्मको दुई देशको भिडन्तमा नतिजा नेपालको पक्षमा छ । नेपालले पपुवा न्युगिनीविरुद्धका तीन भेटमा दुईमा जित र एकमा मात्र हार व्यहोरेको छ । तसर्थ पनि नेपाली क्रिकेट समर्थकले आज नेपाली टोलीले पपुवा न्युगिनीलाई पराजित गरेर विश्वकप यात्रा जीवितै राख्ने आशा गरेका छन् । रासस