४ कार्तिक २०८३, बुधबार

अन्ततः डिभी, पिआरधारी सांसद-मन्त्रीलाई पनि कारबाही !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

minister1काठमाडौं, १ साउन । सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले विदेशी नागरिकता, डिभी, पिआर, ग्रिनकार्ड लिएको व्यक्ति राजनीतिक दलका नेता, सांसद र मन्त्री बन्न नपाउने व्यवस्था गर्ने बताएका छन् ।

विदेशी नागरिकता, डिभी, पिआर लिएको व्यक्तिले देशको हितमा काम गर्न नसक्ने दाबी गर्दै मन्त्री पण्डितले अब राजनीतिक दल र संसद सम्बन्धी ऐन बनाएर विदेशी नागरिकता, डिभी, पिआर लिएका व्यक्ति पार्टीको नेता, मन्त्री र सांसद बन्न नपाउने व्यवस्था गरिने बताए ।

अधिकांश मन्त्रीले नै विदेशी पिआर लिएको सार्वजनिक भइरहेको बेला पण्डितको यस्तो भनाइ आएको हो । निजामति कर्मचारीले विदेशी नागरिकता, डिभी पिआर लिन नपाउने व्यवस्थासहित हालै जारी भएको निजामती सेवा ऐनको चौथो संशोधनबारे जानरी दिन आयोजित पत्रकार सम्मेलनमा मन्त्री पण्डितले पदमा बस्दा राजदूत, न्यायाधीश, नेता, सांसद, मन्त्री लगायत उच्च पदस्त अधिकारीले नै डिभी, पिआर लिएर देश बन्न नसक्ने बताए ।

‘मन्त्री, सांसद, नेता, सचिव, न्यायाधीशले नै देश प्रति विश्वास नगरेर विदेशी नागरिकता, डिभी, पिआर, लिन्छ भने आम जनताल तिनीहरुप्रति कसरी विश्वास गर्ने ?’ मन्त्री पण्डितले भने, ‘अब छिट्ट्रै कानुन संशोधन गरेर विदेशी नागरिकता, डिभी, पिआर भएको व्यक्ति,सांसद, नेता, मन्त्री, लगायत कुनै पनि व्यवस्था हुनेछ । त्यसका लागि म पनि लाग्नेछु ।’  नागरिक दैनिकमा खबर छ ।