४ कार्तिक २०८३, बुधबार

कांग्रेसले ठूला नेता व्यवस्थापन गर्न पदाधिकारी थप्दै

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepali_Congress_Editedकाठमाडौं, १ साउन । आकांक्षी धेरै भएसँगै कांग्रेसमा विधान संसोधन गरेर पदाधिकारी संख्या थप्ने प्रयास भएको छ ।

तर, सभापति सुशील कोइराला पदाधिकारी थप्न सहमत छन् तर, महाधिवेशन नजिकिए पनि यसबारे औपचारिक छलफल सुरु नभएको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ ।

कांग्रेस विधानमा सभापतिसहित ६ पदाधिकारीको व्यवस्था छ । उपसभापति, दुई महामन्त्री, कोषाध्यक्ष र सहमहामन्त्री पदाधिकारी रहने विधानमा व्यवस्था छ ।

हाल वरिष्ठ नेता शेरबहादुर देउवालाई पनि दोस्रो बरियतामा राखिएकाले सात पदाधिकारी छन् । सभापति सुशील कोइरालाले पदाधिकारी संख्या बढाएर १३ जना पुर्‍याउने गरी अनौपचारिक छलफल थालेका छन् ।

संस्थापनबाट पदाधिकारीका आकांक्षी धेरै भएकाले टिम व्यवस्थापन गर्न कोइरालाले पदाधिकारी संख्या बढाउने मनस्थिति बनाएका हुन् ।

एक वरिष्ठसहित तीनदेखि पाँचजना उपसभापति, पाँच सहमहामन्त्री रहने गरी विधान संशोधन गर्ने विषयमा कोइरालाले छलफल थालेका छन् ।

महामन्त्री थप्ने–नथप्ने विषयमा छलफल भए पनि बढाउन नहुने धारणा राखेको संस्थापनतर्फका एक केन्द्रीय सदस्यले बताए । उनका अनुसार अहिले दुई महामन्त्री हुँदा नै समस्या भएकाले बढाउन नहुने धारणा आएका छन् ।

केन्द्रीय समिति केन्द्रीय समितिको आकार बढाउनुपर्ने दबाब कांग्रेसमा छ ।

क्रियाशील सदस्य संख्या बढ्ने भएकाले केन्द्रीय समिति विस्तार गर्नुपर्ने नेताहरूले बताएका छन् । क्रियाशील सदस्यता तीन लाख १७ हजारबाट ६ लाख पुर्‍याउने लक्ष्य कांग्रेसको छ ।

केन्द्रीय समिति एक सय २५ सदस्यीय बनाउने विषयमा छलफल चलेको छ ।

हाल कांग्रेस केन्द्रीय समिति ८५ सदस्यीय छ । संसदीय समिति टिकट बाँड्ने संसदीय समितिका सदस्यको पनि चुनाव गर्ने गरी विधान संशोधनको माग छ ।

केन्द्रीय समितिले संसदीय समितिमा आठ सदस्य चयन गर्ने व्यवस्था विधानमा छ ।

महाधिवेशनबाटै संसदीय समिति सदस्यको चुनाव गर्नुपर्ने पक्षमा अर्जुननरसिंह केसी, गगन थापा, प्रदीप पौडेललगायतका नेताहरू छन् । केन्द्र र जिल्ला सभापतिको कार्यकाल केन्द्रमा सभापतिको कार्यकाल कति भन्ने प्रावधान छैन ।

जिल्ला सभापतिको भने दुई कार्यकालभन्दा बढी हुन नपाउने व्यवस्था छ ।

विधान संशोधन गरेर केन्द्र र जिल्लामा एउटै प्रावधान हुनुपर्ने माग जिल्ला सभापतिहरूले गरेका छन् । खुला सदस्य कांग्रेसमा ८५ सदस्यीय केन्द्रीय समिति छ ।

सभापति, एक महामन्त्री र कोषाध्यक्ष निर्वाचित हुन्छन् । निर्वाचित केन्द्रीय सदस्यबाट सभापतिको प्रस्तावमा उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्री मनोनीत हुने व्यवस्था छ ।

२५ सदस्य महाधिवेशनमा खुलाबाट निर्वाचत हुन्छन् । १४ अञ्चल, महिला, दलित, आदिवासी जनजाति, मधेसी र मुस्लिमतर्फबाट ३६ सदस्य निर्वाचित हुन्छन् । सभापतिले २१ सदस्य मनोनीत गर्ने व्यवस्था छ ।

पदाधिकारीसहित केन्द्रीय समिति विस्तार गर्नुपर्ने र खुला सदस्यमा निर्वाचित हुने सदस्य संख्या पनि बढाउनुपर्ने माग कांग्रेसमा छ ।

केन्द्रीय समिति एक सय २५ सदस्यीय पुर्‍याउने कांग्रेसको तयारी छ । केन्द्रीय समिति विस्तार गरे ४५ सदस्य खुलाबाट निर्वाचित हुनुपर्ने व्यवस्था गर्नुपर्ने नेताहरूको माग छ ।

केन्द्रीय सदस्य प्रदीप पौडेलले महिला, दलितलगायतको प्रतिनिधित्वका लागि देशैभरबाट सदस्य छान्ने नभई जुन समुदायको हो, उसैले छान्न पाउनुपर्ने गरी विधान संशोधनको प्रस्ताव पनि भएको जानकारी दिए ।

माग धेरै, सम्बोधन के–के गर्ने र रु पदाधिकारी थप्न युवा नेताको दबाब पदाधिकारी संख्या तथा केन्द्रीय समिति विस्तार गरेर नयाँ पुस्तालाई अगाडि ल्याउनुपर्ने कांग्रेसका युवा नेताहरू बताउँछन् ।