भीमदत्तनगर, ३१ असार । नेकपा–माओवादीका सचिव देव गुरुङले भारत र चीनबीच भएको लिपुलेक सम्झौता खारेजीका लागि जनताको दबाब आवश्यक रहेको बताउनुभएको छ ।
पार्टीले आज दार्चुला सदरमुकाम खलङ्गामा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा नेता गुरुङले आफ्नो पार्टीले लिपुलेक सम्झौता खारेजका लागि सरकारलाई दबाब दिइरहेको बताउँदै दार्चुलावासीलाई पनि दबाब कार्यक्रममा सघाउन आग्रह गर्नुभयो ।
“सडकदेखि सरकारसम्म आन्दोलन गरेर भएप नि उक्त सम्झौता खारेज गर्नुपर्छ”, सचिव गुरुङले भन्नुभयो, “सरकारले पनि तत्काल कदम सच्याउन कदम चालोस् ।” रासस












प्रतिक्रिया