२२ कार्तिक २०८३, आइतबार

पहिरोले पोखरामा विद्यालय भवन भत्किदा एक विद्यार्थीको मृत्यु, १२ घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pokhara-pahiro– रामजी लम्साल

पोखरा, ३१ असार । विद्यालय भवनमा पहिरो खस्दा पोखरामा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार बिहीबार विहानदेखि परेको अविरल वर्षाले पहिरो खस्दा पोखरा उपमहानगरपालिका १७ छोरेपाटन डेविड फलमा रहेको एक्स आर्मी बोर्डिंग स्कूलको भबन भत्किदा एक विद्यार्थीको मृत्यु भएको हो । भवन भत्किदा अन्य १२ जना घाइते भएका छन् ।

यो समाचार तयार पार्दा सम्म पहिरोमा परि मृत्यु हुनेमा सोही बिद्यालयमा कक्षा ९ मा पढ्ने वर्ष १४ का संजय गायक रहेको प्रहरीले जनाएको छ । अन्य घाइतेहरुको पोखराका विभिन्न अस्पतालहरुमा उपचार भैरहेको कास्की प्रहरीले बताएको छ ।

परीक्षा चलिरहेको समयमा पहिरो गएको र केहि बिद्यार्थी परिक्षा सकेर घर गैसकेको हुदा थप मानवीय क्षति हुन नपाएको बताईएको छ । विद्यालयका चारवटा कक्षा कोठा पूर्ण रुपमा भत्किएका छन्

उद्दार कार्य जारि रहेको कास्की प्रहरीले जनाएको छ । सो उद्दार कार्यमा कास्की का प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर रावत स्वयम् घटना स्थलमानै सक्रियताका साथ् संलग्न रहेका छन्  ।