३० आश्विन २०८३, शुक्रबार

नेपाल समूह अंकतालिकाको पाँचौ स्थानमा झर्‍यो, विश्वकप यात्रा थप कठिन (तालिका सहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepal-Cricket-Teamकाठमाडौँ, ३१ असार । टी-ट्वान्टी विश्वकप छनोट प्रतियोगिता अन्तर्गत आफ्नो चौथो खेलमा हङकङसँग पराजित भएसँगै नेपाल समुह अंकतालिकाको पाँचौं स्थानमा झरेको छ ।

यसअघि समुहको चौथो स्थानमा रहेको नेपाल बुधबारको खेलमा हङकङसँग ५ विकेटले पराजित भएपछि पाँचौं स्थानमा झरेको हो । छैठौं स्थानमा रहेको हङकङ जितसँगै ३ अंक जोड्दै चौथो स्थानमा उक्लिएको छ ।

यससँगै नेपालको विश्वकप छनोट यात्रा थप कठिन बनेको छ । नेपालले अब खेल्ने दुई खेल जितेपनि विश्वकपमा छनोट हुन गाह्रो छ । छनोटका लागि नेपालले अन्य टिमको खेल र रनरेटमा भर पर्नुपर्नेछ । यदि समुहको पुछारमा रहेका टिमले शीर्ष स्थानका टिमलाई हराएमा नेपाललाई विश्वकपमा छनोट हुने अवसर मिल्नेछ आफ्नो दुई खेल जितेको खण्डमा ।

अन्यथा नेपाल रित्तो हात घर फर्किुनपर्नेछ । समुह ‘ए’मा आयोजक आयरल्याण्ड शीर्ष स्थानमा रहेको छ । दोस्रो स्थानमा पपुवा न्युगिनी, तेस्रो स्थानमा नामिबिया चौथो स्थानमा हङकङ, पाँचौ स्थानमा नेपाल, छैठौं स्थानमा जर्सी र सातौं स्थानमा अमेरिका रहेका छन् ।

चौथो खेलमा हङकङ पराजित भएसँगै नेपालको भारतमा हुने विश्वकपका लागि छनोट हुने सम्भावना कठिन बनेको हो । हारसँगै नेपाल समुह ‘ए’ को पाँचौं स्थानमा खस्किएको हो ।

Cricket-tableअब नेपाल विश्वकपमा छनोट हुन बाँकी खेल जित्नु आवश्यक छ भने अन्य टोलीको नतिजा पनि कुर्नुपर्ने हुन्छ । अब नेपालले शुक्रबार पपुवा न्युगिनी र शनिबार जर्सीसँग प्रतिस्पर्धा गर्नेछ ।

जबकि पपुवा न्युगिनी बोलयो टिम हो । जसले आयरल्याण्डलाई समेत पराजित गरेको छ । जून अहिले अंक तालिकाको दोस्रो स्थानमा छ । आयरल्याण्डसँग लज्जास्पद हारेको नेपालले पपुवा न्युगिनीसँग जित्न त्यती सजिलो छैन् ।

त्यस्तै, नेपालले आफ्नो अन्तिम खेल खेल्ने टिम जर्सी तुलनात्मक रुपमा कमजोर टिम मानिएको छ । जर्सीले पहिलोपटक टी–ट्वान्टी छनोटमा भाग लिएको हो । जर्सी अंक तालिकाको छैठौं स्थानमा छ ।

नेपालले खेल्ने अबका दुई खेल टेलिभिजनबाट :

नेपालले जुलाई १७ (साउन १ गते, शुक्रबार) पपुवा न्युगिनीसँग खेल्ने खेल र जुलाई १८ (साउन २ गते, शनिबार) जेरेसीसँग खेल्ने खेल टेलिभिजनमा हेर्न पाईने छ ।

आइसीसीका अनुसार नेपालले खेल्ने खेलको नेपालमा स्टार स्पोर्ट्स-४ र स्टार स्पोर्ट्स-४ एचडीले प्रसारण गर्नेछन् । प्रसारण हुने दुवै खेल डब्लिनमा खेलिने छ । नेपाली समयअनुसार २ बजेर ४५ मिनेटमा सुरु हुने खेलको प्रसारण आधाघण्टा पहिला हुनेछ ।

नेपालले आफ्ना दुई खेल पपुवा न्युगिनी र जर्सीसँग डब्लिनमा खेल्नेछ । यसअघिका चार खेल नेपालले बेलफास्टमा खेलेको थियो ।