४ कार्तिक २०८३, बुधबार

प्रचण्डले नटेरेपछि राजदूत उपाध्यायको रोदन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

prachanda

काठमाडौं, ३१ असार । नयाँदिल्लीस्थित नेपाली राजदूत दीपकुमार उपाध्यायले भारत भ्रमणका क्रममा नेपाली शीर्ष नेताहरूले आफ्नो कार्यक्रमबारे दूतावासलाई कुनै जानकारी नदिने भन्दै नेताहरू र भारतीय अधिकारी दुवै पक्षसँग चासो व्यक्त गरेका छन्।

भारत भ्रमणमा रहेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले बुधबार भारतीय विदेशमन्त्री सुषमा स्वराजसँग भेट गरेका थिए जसबारे नेपाली दूतावासलाई कुनै जानकारी गराइएको थिएन। ‘मलाई भेटघाटको अन्त्यमा लन्चका लागिमात्र बोलाइयो,’ उपाध्यायले भने।

दूतावासले भारत भ्रमणमा रहेका पूर्वप्रधानमन्त्रीलाई स्वागत गर्दै सबै आवश्यक सहयोग उपलब्ध गराउने उल्लेख गर्दै उपाध्यायले भने, ‘दाहालको भ्रमण कार्यक्रमबारे नेपाली दूतावासलाई अन्तिम समयमात्र जानकारी गराइएको थियो।’

दाहाल र सुषमा स्वराजबीचको भेटघाटपछिको लन्च बैठकमा उपाध्यायका अतिरिक्त भारतीय सहसचिव अभय ठाकुर, भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरूप र दाहालका सहयोगी शिव खकुरेल सहभागी थिए।

मंगलबार सुरु भएको दाहालको भारत भ्रमणको जानकारी दूतावासले सोमबार राति फ्याक्समार्फत पाएको थियो। विदेशमन्त्री स्वराज र विदेशसचिवसँगको भेटघाटबारे दूतावासलाई कुनै जानकारी गराइएको थिएन।

‘भ्रमणबारे हामीलाई अन्तिम समयमा मात्र जानकारी गराउनुले भ्रमण व्यक्तिगत हो भन्ने सन्देश जान्छ’, उपाध्यायले भने।उपाध्यायले आफूले दिल्लीमा मन्त्रीहरूसँग सोझै भेट्न नपाउने पनि उल्लेख गरे। ‘वरिष्ठ भाजपा नेताहरूले बैठकका क्रममा मलाई विदेश मन्त्रालयमार्फत मन्त्रीहरूसँग भेट्न भनेका छन्’, उपाध्यायले भने।

‘मैले यो विषय नेपाली अधिकारी, परराष्ट्र मन्त्रालय र भारतीय पक्षसँग समेत उठाएको छु,’ उपाध्यायले भने, ‘हामीले यस्तो अभ्यास बदल्न र सुधार गर्न जरुरी छ।’ उपाध्यायले स्वराजसँग पूर्वप्रधानमन्त्री दाहालको भ्रमणलाई दूतावासले ‘उच्च’ महत्त्व दिएको उल्लेख गरेका थिए ।अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार छ ।