४ कार्तिक २०८३, बुधबार

सशस्त्रमा कीर्ते काण्ड, आईजीलाई जोगाएर डिएसपी र इन्सपेक्टरलाई फसाईंदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

APF Police Nepalकाठमाडौं । मोटो रकममा सेटिङ मिलाएर अख्तियार दुरुपयोग दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बलका आईजीपी कोषराज वन्तलाई उन्मुक्ति दिएपनि तल्लो तहका प्रहरीलाई कारबाही गर्ने तयारी गरेको छ ।

लुकाउनै नमिल्ने गरी सशस्त्रमा नक्कली बिलबाट करोडौंको भुक्तानी भएको पाएपछि अख्तियारले छानबिनलाई तिव्रता दिएको समाचार यूनाइटेड पोष्ट साप्ताहिकले छापेको छ ।

केही दिनयता अख्तियारले सशस्त्रको आर्थिक प्रशासन शाखा र भण्डार शाखाका कर्मचारीलाई धमाधम बयान लिइरहेको छ ।

अख्तियारका अनुसन्धान अधिकृत शम्भु कार्कीले छानबिन गरीरहेका छन् ।

अख्तियार स्रोतका अनुसार उक्त काण्डमा सशस्त्र प्रहरीका एक दर्जन अधिकृतको जागिर जाने देखिन्छ ।

अख्तियारले चुनाव खर्चदेखि कै अनियमितताको यतीबेला छानबिन गरिरहेको छ ।

साथै हालै भूकम्पको उद्धारमा सशस्त्रले व्यापक नक्कली बिलका आधारमा भुक्तानी दिएको छानबिनमा खुलेको छ ।

सस्तो सामानलाई महंगोमा किनेको देखाउन त्यसरी नक्कली बिलहरु बनाइएको छ । जसबाट मोटो रकम आईजीपी वन्तले हात पारेका थिए ।

तल्लो तहका प्रहरीलाई गलत काम गर्न लगाएर पैसा जति वन्तले खाएपनि कारबाही भने तल्लो तहका प्रहरीलाई मात्र हुने देखिएको छ ।

त्यसरी व्यापक घोटाला गरेको रकम वन्तले नेता किन्न खर्च गरेका थिए ।

सशस्त्रलाई पक्राउ पुर्जीको अधिकार दिएर अपराध अनुसन्धानको क्षेत्राधिकार तान्न उक्त रकम खर्च गरेको वन्तले बताउने गरेका छन् ।

त्यही कारण व्यापक विरोधका बाबजुद पनि गृहमन्त्री वामदेव गौतमले सशस्त्रलाई पक्राउ पूर्जीको अधिकारसहितको सशस्त्र नियमावली पारीत गराएका थिए ।

गृहमन्त्रीमात्र नभई अन्य केही नेतालाई पनि उक्त कामका लागि सशस्त्र प्रहरीले किनेको थियो ।

चुनावमा कमाएको पैसा वन्तले अख्तियारमा सेटिङ मिलाउन खर्च गरेका थिए ।

पछिल्लो कमाई उनले सशस्त्रलाई प्रहरीको क्षेत्राधिकार लिनका लागि खर्च गरेको चर्चा सशस्त्र प्रहरीमा छ ।