काठमाडौं, ३१ असार । भूकम्प पीडितलाई कुहिएको चामल वितरण गरेको आरोप खेप्दै आएको संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम डब्लुएफपीले विश्वमै सबैभन्दा सस्तो मूल्यमा चाम खरिद गरी नेपाल ल्याएको छ ।
विभिन्न आपूर्तिकर्तामार्फत प्रतिकेजी ३४ पैसामा चामल खरिद गरी उसले नेपालका भूकम्प पीडितलाई राहत स्वरुप वितरण गरिरहेको नागरिक दैनिकले समाचार छापेको छ ।
वैशाख १२ को भूकम्पपछि सरकारले जेठ २० सम्म भित्र्ने सम्पूर्ण राहत सामग्रीलाई भन्सार छुट दिने निर्णय गरेको थियो ।
त्यही अवधिमा डब्लुएफपीले नेपालका भूकम्प पीडितलाई राहत भन्दै ४८ लाख १० हजार केजी चामल छुटमा भित्र्याएको थियो ।















प्रतिक्रिया