४ कार्तिक २०८३, बुधबार

सुझाव लिन सभासदहरू जिल्ला नजाँदै सिंहदरबारमा सुझाव आउन सुरू

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

CA-Sambidhanकाठमाडौं, ३१ असार । संविधानको पहिलो प्रारम्भिक मस्यौदामा जनताको सुझाव संकलन गर्न सभासदहरू निर्वाचन क्षेत्र नपुग्दै सिंहदरबारमा सुझावको ओहिरो लाग्न सुरु भएको छ ।

संविधानसभा सचिवालयका प्रवक्ता भरतराज गौतमका अनुसार बुधबारसम्म सचिवालयको वेबसाइटबाट संविधानको मस्यौदा डाउनलोड गरी प्रतिक्रिया जनाउनेको संख्या १ हजार ४ सय नाघेको समाचार कान्तिपुर दैनिकले छापेको छ ।

त्यसैगरी इमेलबाट १ हजारभन्दा धेरै र टेलिफोन गरी ८ सयभन्दा बढीले सुझाव दिएका छन् ।

ती सुझावको तालिकीकरण, विश्लेषण र प्रतिवेदन तयारीमा कानुन मन्त्रालयबाट काजमा खटिएका कर्मचारीको टोलीले संविधानसभा सचिवालयमा बसेर काम सुरु गरेको छ ।

उनीहरूले प्राप्त सुझावलाई सहमति र विमतिका रूपमा वर्गीकरणका अतिरिक्त मस्यौदाको कुन भागका लागि कस्ता सुझाव प्राप्त छन् भने तालिका बनाउने छन् ।