२० कार्तिक २०८३, शुक्रबार

नेपाल हङकङसँग किन हार्‍यो ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepali-cricket-pradeep-airiकाठमाडौं, ३० असार । टी–ट्वान्टी विश्वकप छनोट प्रतियोगिता अन्तर्गत आफ्नो चौथो खेलमा पनि नेपाल पराजित भएको छ ।

बुधबार बेलुका आयरल्याण्डको बेलफाष्टमा भएको खेलमा नेपाल हङकङसँग ५ विकेटले पराजित भएको हो । बलिङमा जादु देखाएको नेपालले व्याटिङमा गतिलो प्रदर्शन गर्न सकेन् ।

नेपाल पराजित हुनुको पहिलो कारण हो, टस हारेर व्याटिङको निम्तो पाउनु । तुलनात्मक रुपमा व्याटिङमा कमजोर मानिएको नेपालले टस हार्नु दुर्भाग्य हो । टस हारेर व्याटिङ निम्तो पाउनु भनेको नेपालले पराजित हुनु हो ।

तेस्रो खेलमा पनि आयरल्याण्डले टस जितेर नेपाललाई पहिला व्याटिङको निम्तो दिएको थियो । जसका कारण नेपालले नराम्रोसँग पराजय भोग्यो । आजको खेलमा पनि टस हार्दा नेपाल पराजित भयो ।

दोस्रो कारण नेपालले आशा गरेका व्याट्सम्यानको प्रदर्शन शून्य हुनु हो । नेपालले आश गरेका व्याट्सम्यान ज्ञानेन्द्र मल्ल, कप्तान पारस खड्का (जो अर्धशतक सम्म हान्ने क्षमता भएका व्याट्सम्यान हुन्)ले प्रदर्शन गर्न नसकेपछि नेपाल हङकङसँग पराजित भएको नेपाल क्रिकेट संघ क्यानका पदाधिकारी बताउँछन् ।

बलिङमा राम्रो प्रदर्शन गरेको भएपनि व्याटिङमा गरेको कमजोर प्रदर्शनले नै नेपाल पराजित भएको हो । हङकङसँग हारेपनि प्रतियोगितामा नेपालको सम्मानजनक प्रदर्शन रह्यो । उसो त हङकङलाई नेपालले यसअघिका खेलमा पराजित गरिसकेको छ ।