काठमाडौं, ३० असार । हङकङ विरुद्धको खेलमा नेपाललाई चौथो सफलता मिलेको छ । नेपालका बसन्त रेग्मीले चौथो विकेटको रुपमा हङकङका मार्क च्यापमनलाई ९ रनमा आउट गरेका हुन् ।
यससँगै उनले व्यक्तिगत तीन विकेट लिएका छन् । यसअघि उनले नेपालले तेस्रो विकेटको रुपमा हङकङका अंशुमानलाई १९ रनमा आउट गरेका थिए । आठौं ओभरमा हङकङका निजाकत खानलाई २५ रनमा दोस्रो विकेट रुपमा झारेका थिए ।
त्यस्तै, पहिलो ओभरको समाप्तीसँगै बलिङमा आएका नेपालका सोमपाल कामीले हङकङका इरफान अहमदको महत्वपूर्ण विकेट लिएका थिए ।















प्रतिक्रिया