३० आश्विन २०८३, शुक्रबार

नेपाललाई तेस्रो सफलता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

basant-regmiकाठमाडौं, ३० असार । हङकङ विरुद्धको खेलमा नेपाललाई तेस्रो सफलता मिलेको छ । नेपालले तेस्रो विकेटको रुपमा हङकङका अंशुमानलाई १९ रनमा आउट गरेको छ ।

अंशुमानलाई नेपालका बसन्त रेग्मीले नै आउट गरेका छन् । नेपालको ११० रनको लक्ष्य पाएको हङकङ अहिले व्याटिङ गरिरहेको छ ।

नेपाल बलिङमा छ । यसअघि खेलको आठौं ओभरमा नेपालका बसन्त रेग्मीले हङकङको दोस्रो विकेट झारेका थिए ।

त्यस्तै, पहिलो ओभरको समाप्तीसँगै बलिङमा आएका नेपालका सोमपाल कामीले हङकङका इरफान अहमदको महत्वपूर्ण विकेट लिएका थिए । ९औं ओभरको खेलमा हङकङले २ विकेट गुमाएर ५६ रन जोडेको छ ।