३० आश्विन २०८३, शुक्रबार

पर्यटन पुनरुत्थानका लागि हिमालयन भ्रमण मेला आयोजना गरिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pata-Travel-Mart-2काठमाडौँ, ३० असार । भूकम्पपछि शिथिल बनेको नेपालको पर्यटन क्षेत्रको पुनरुत्थान एवम् पुनर्ताजगी गराउने उद्देश्यले प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले पहिलोपटक हिमालयन भ्रमण मेला ‘हिमालय ट्राभल मार्ट–२०१६’ आयोजना गर्ने भएको छ ।

सगरमाथा दिवसको अवसर पारेर आगामी ९मे २९, २०१६० मा पाटा इन्टरनेशनलको सहकार्य तथा नेपाल पर्यटन बोर्डको सहयोगमा मेला आयोजना गर्न लागिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सगरमाथाको प्रथम आरोहण गरेको दिनको सम्झनामा हरेक वर्ष मे २९ को दिनलाई सगरमाथा दिवसको रुपमा मनाउने गरिन्छ ।

उक्त दिन आयोजना गरिने मेलालाई व्यापारदेखि व्यापार कार्यक्रमको रुपमा पाटा नेपालले अगाडि सारेको छ । यसमा नेपाल र हिमाली क्षेत्रप्रति चासो राख्ने विश्वभरका क्रेता सहभागी हुने आयोजकको अपेक्षा छ ।

सार्क क्षेत्रका एजेन्ट एवम् विश्वको जुनसुकै स्थानका यस्तै गन्तव्यका बिक्रेताको मेलामा सहभागिता रहने पनि जनाइएको छ ।

मेलामा ख्यातिप्राप्त अन्तर्राष्ट्रिय टुर अपरेटरको सहभागिता हुने र यसले भूकम्पपछिको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने पाटा नेपाल च्याप्टरका अध्यक्ष सुमन पाण्डेले बताउनुभयो ।