३० आश्विन २०८३, शुक्रबार

नेपाल १०९ रनमा अलआउट, हङकङसामू ११० रनको लक्ष्य प्रस्तुत

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

parasकाठमाडौं, ३० असार । आइसिसी ट्वेन्टी–ट्वेन्टी विश्वकप छनोट प्रतियोगिताअन्तर्गतको चौथो खेलमा नेपालले हङ्कङलाई ११० रनको मध्यम स्कोरको लक्ष्य दिएको छ ।

आयरल्यान्डको बेलफास्टमा भएको खेलमा हङ्कङले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको छ । नेपालको सुरुवात राम्रो भएन ओपनर सुवास खकुरेललाई दुई रनमा गुमाएको नेपालले उपकप्तान ज्ञानेन्द्र मल्ल शून्य रन र कप्तान पारस खड्का एक रनमा आउट भएका थिए ।

१० ओभरको खेल सकिँदा नेपालले पाँच विकेटको क्षतिमा मात्र ३१ रन जोडेको थियो । त्यसैगरी सागर पुनले १२ लबमा एक चौकासहित ११, वसन्त रेग्मी १९ बलमा दुई चौकासहित ११, राजेश पुलामी मगर ३४ बल खेल्दै दुई छक्कासहित २५, प्रदीप एैरी शून्य रनमा आउट भए ।

छैटौँ विकेटका लागि शरद भेष्वाकर र राजेश पुलामी मगरले ४० रनको साझेदारी गरेपछि नेपालको स्कोर केही माथि उठेको थियो । शरदले २४ बलमा दुई चौका र एक छम्क्कासहित २७ रन बनाए भने पुलामीले दुई छक्काको मद्दतले २५ रन बनाएका थिए ।

नेपाललाई मध्यमस्कोरमा समेट्ने क्रममा हङ्कङका हासिब अम्दाजले महत्वपूर्ण चार विकेट लिएका थिए । त्यसैगरी इर्फान अमिदले दुई, तनवीर अफजल, अजिज खान, निजाकिट खानले समान एक/एक विकेट लिएका थिए ।