काठमाडौं, ३० असार । भनिन्छ नी संवैधानिक अंगहरुबीच सुमधुर सम्बन्ध कायम रहनुपर्छ । यस्तै सम्बन्धको उत्कृष्ट नमून लोकमानले देखाएका रहेछन् ।
उच्च माध्यमिक शिक्षा परिषदमा कार्यरत निवर्तमान प्रधानन्यायाधीश रामकुमारप्रसाद साहकी छोरी रेणुकालाई सरोकारै नभएको आफ्नो अडड्मा काम गर्ने गरी तानेको समाचार जनआस्था साप्ताहिकले छापेको छ ।
यद्यपि डेढ महिनासम्म अख्तियारलाई कानुनी सल्लाह चढाएपछि पिताको अवकाशसँगै रेणुका पूरानै ठाउँमा काजफिर्ता भएकी छन् । भन्छिन्,‘ ‘मलाई त्यहाँ बसिरहन मन लागेन, अमेरिका जान जंग चल्यो । ’
त्यसो त काम छउञ्जेल भाँडोको उपयोगितावादी सिद्धान्तमा विश्वास गर्ने देशमा सबैले गर्ने त्यही नै हो । रामकुमार नै भूपू भइसकेपछि छोरीको के काम ?
त्यसो त लोकमानको नियुक्तिविरुद्ध पुनरावलोकनको अर्को निवेदन पर्छ भन्ने मात्रै हो ।
त्यसनिम्ति पनि कोही न्यायाधीशलाई आफ्नो पकडमा राख्नुपर्ने बाध्यता लोकमानमाथि छ ।
त्यसैले त गिरिसचन्द्रलाल, चोलेन्द्र शम्शेर, गोपाल पराजुली, दीपकराज जोशी, ओमप्रकाश मिश्र, जस्ता न्यायाधीशहरु लोकमानकी छोरीको मगनीदेखि विवाहसम्मका सबै अवसरमा अख्तियारको प्रांगणमा उपस्थित थिए ।















प्रतिक्रिया