काठमाडौं, ३० असार । सत्तारुढ प्रमुख घटक नेकपा एमालेले कांग्रेसले एकपक्षीय रुपमा बजेट ल्याएको भन्दै पारित हुन नदिने चेतावनी दिएको छ ।
यसले कांग्रेस र एमालेबीचको सम्बन्धमा थप चिसोपना उत्पन्न भएको समाचार नागरिक दैनिकले छापेको छ ।
कांग्रेसले बजेट तयार गर्ने क्रममा छलफल नै नगरेको, नीति तथा कार्यक्रम तयार पार्दासमेत कुनै सुँइको नदिएको जस्ता आरोप लगाएको छ ।
बजेट असन्तुलित र एकपक्षीय आएकाले त्यसलाई पारित गर्न नदिने अध्यक्ष केपी ओलीले बताएका छन् ।















प्रतिक्रिया