काठमाडौं, २९ असार । नेविसंघका अध्यक्ष रञ्जित कर्णमाथि आफ्नै कार्यकर्ताले सांघातिक हमला गरेपछि युवा नेता गगन थापा र प्रदीप पौडेल समेत विवादमा तानिएका छन् ।
नेपाल विद्यार्थी संघका अध्यक्ष तथा संविधानसभाका सदस्य रञ्जित कर्णमाथि काठमाडौँको हाँडीगाउँस्थित निवासमा भएको आक्रमणमा संलग्नलाई युवा नेता एवं काँग्रेस केन्द्रीय सदस्य गगन थापा र प्रदीप पौडेलले संरक्षण गरेको आरोप लागेको छ । सोही आरोपमा कुन्दनराज काफ्लेसहित ११ जना विरुद्ध प्रहरीमा उजुरी परेको छ।
नेपाल विद्यार्थी संघ कार्यालय सचिव शिव रिमालका अनुसार सांगठनिक विवादमा गगन थापा र प्रदीप पौडेल निकट मानिएका कुन्दनराज काफ्लेको टिमले अध्यक्ष कर्णमाथि मंगलबार बिहानै घरमै गएर आक्रमण गरेका थिए ।
अध्यक्षमाथि आक्रमण गर्ने काफ्ले र गगन थापा समूहका नवराज त्रिपाठीसहित ११ जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको सचिव रिमालले दैनिक नेपाललाई टेलिफोनमा बताए । हतियार बोकेको १०र१२जनाको समूहले मंगलबार बिहान हाँडीगाउँस्थित निवासमा अध्यक्ष कर्णमाथि आक्रमण गरी कालोमोसो दलेका थिए । सोको विरोधमा नेविसंघको केन्द्रीय समितिले काठमाडौँको भृकुटीमण्डपबाट मंगलबार अपरान्ह जुलुस निकाली आक्रमणकारीमाथि कडा कारबाहीको माग गरेको छ ।
नेविसंघका अनुसार, रञ्जितमाथि आक्रमण गर्नेमा नवराज त्रिपाठी, भूपेन्द्र श्रेष्ठ, शंशाकश्री न्यौपाने, आशेष श्रेष्ठ लगायत रहेका छन् । उनीहरुसहित ११ जनालाई नेविसंघले दुई बर्षका लागि निस्काशन गरेको केन्द्रीय सदस्य राजन सिलवालले जानकारी दिए ।
यस्तो छ नेविसंघको विज्ञप्तिः














प्रतिक्रिया