काठमाडौं, २९ असार । सेवा विस्तारको लागि रिलायबल रेमिट र मुक्तिनाथ विकास बैंकबीच रेमिट्यान्स सम्झौता भएको छ ।
रिलायबल रेमिट तथा रिलायबल डेभलपमेन्ट बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनी र मुक्तिनाथ विकास बैंकका तर्पmबाट प्रमुख कार्यकारी अधिकृत भरत राज ढकालले सम्झौतामा हस्ताक्षर हस्ताक्षर गर्नुभएको छ ।
सहमति पश्चात बैकका सबै शाखाबाट रिलायबल रेमिटको रेमिट्यान्स सेवा प्राप्त गर्न सकिने छ । कास्कीको पोखरा, पृथ्बी चोकमा केन्द्रिय कार्यालय रहेको मुक्तिनाथ विकास बैंकको कुल ३४ शाखाबाट सेवाग्राहीले देश विदेश बाट आएको भुक्तानी प्राप्त गर्नुका साथै आन्तरीक विप्रेषण मार्फत देशभर छरीएर रहेका ३ हजार ६ सय भन्दा बढी सञ्जाल मार्फत विभिन्न बाणीज्य बैंक, विकास बैंक, फाइनान्स कंम्पनी एवं अन्य संघ संस्थामा नगद तथा खातामा जम्मा गर्न सकिने छ ।















प्रतिक्रिया