३० आश्विन २०८३, शुक्रबार

सरकारबाट आठ खर्ब १९ अर्बको बजेट प्रस्तुत, कुन क्षेत्रमा कति ? (पूर्ण पाठसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ramsaran-mahatकाठमाडौँ, २९ असार । सरकारले आर्थिक वर्ष २०७२/७३ का लागि रु आठ खर्ब १९ अर्ब ४६ करोड ८८ लाख ६४ हजारको बजेट प्रस्तुत गरेको छ ।

अर्थमन्त्री डा रामशरण महतले व्यवस्थापिका–संसद्मा आगामी आवका लागि वार्षिक आयव्ययको विवरण प्रस्तुत गर्दै कुल विनियोजनमध्ये चालु खर्चतर्फ रु चार खर्ब ८४ अर्ब २६ करोड ६३ लाख ७५ हजार र पुँजीगत खर्चतर्फ रु दुई खर्ब आठ अर्ब ८७ करोड ४२ लाख ४२ हजार विनियोजन गरिएको बताउनुभयो ।

यस्तै वित्तीय व्यवस्थातर्फ रु एक खर्ब २६ अर्ब ३२ करोड ५२ लाख ६७ हजार विनियोजन गरिएको छ । प्रस्तुत खर्चको अनुमान चालु आर्थिक वर्षको विनियोजनको तुलनामा ३२ प्रतिशत र संशोधित अनुमानको तुलनामा ५६.८ प्रतिशतले बढी हो ।

budget

आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये राजस्वबाट रु चार खर्ब ७५ अर्ब एक करोड २१ लाख, साँवा फिर्ता प्राप्तिबाट रु दुई अर्ब, वैदेशिक अनुदानबाट रु एक खर्ब १० अर्ब ९२ करोड ९४ लाख सात हजार, व्ययभार रु दुई खर्ब ३१ अर्ब ५२ करोड ७३ लाख ७७ हजार न्यून हुनेछ ।

न्यून बजेट पूर्ति गर्न विदेशी ऋणबाट रु ५४ अर्ब ९६ करोड ४७ लाख चार हजार, राजस्व र वैदेशिक सहायता परिचालनबाट रु एक खर्ब ३६ अर्ब ५६ करोड २६ लाख ७३ हजार न्यून हुन जानेछ ।

न्यून बजेट पूर्ति गर्न रु ८८ अर्ब आन्तरिक ऋणबाट र रु ४८ अर्ब ५६ करोड २६ लाख ७३ हजार चालु खर्चको नगद मौज्दातबाट व्यहोरिनेछ अर्थमन्त्री डा महतले जानकारी गराउनुभयो ।

बजेटको पूर्णपाठ हेर्न यहाँ क्लिक गर्नुहोस् ।